विवेकशील साझाले आज पार्टी बिभाजन बारेमा दिउँसो छलफल गर्ने

Bibek

काठमाडौं । पार्टी विभाजन भएपछि विवेकशील साझा पार्टीले आज आकस्मिक छलफल बोलाएको छ । पार्टी कार्यालय बखुण्डोलमा संयोजक रवीन्द्र मिश्रको सहभागितामा दिउँसो २ बजे छलफलका लागि सदस्यहरुलाई बोलाइएको छ ।

पार्टीमा पछिल्लो समय देखिएका परिस्थितिका बारेमा छलफल केन्द्रित हुने जनाइएको छ ।

झण्डै १७ महिना अघि गठन भएको पार्टीका संयोजक मध्येका एक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेपछि विवेकशिल साझा पार्टी आन्तरिक छलफलमा जुट्न लागेको हो । ३७ सदस्यीय केन्द्रीय समितिका १६ जना हिजो निर्वाचन आयोगमा गएर विवेकशील नेपाली दल नामको नयाँ दल दर्ता गरेका छन् ।

जसमा रञ्जु दर्शनादेखि प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेलसम्म छन् । थापाले हालै मात्र पार्टी गलत बाटोमा हिँडिरहेको निष्कर्षसहित समीक्षा प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । तर, अर्का संयोजक रवीन्द्र मिश्र पक्षले त्यसमाथि छलफल गर्नुको साटो ६ जना केन्द्रीय सदस्य सिफारिस गर्ने, विभागहरु भंग गर्ने र महिला तथा युवा संगठन बनाउने सिफारिस गरेपछि उज्वल थापा समूहले नयाँ दल गठन गरेका हुन् ।

विवेकशील र साझा पार्टीबीच २०७४ साउन ११ मा पार्टी एकता भएको थियो । तर, डेढ वर्षमा नै विवेकशील पक्ष पुरानै पार्टी ब्यूँताउन लागि परेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...