चितवन समाज युएईद्वारा दुवै मृर्गौला पीडित सुमनलाई आर्थिक सहयोग

49342359 471969606668146 82328565944680448 n
चितवन  । वैदेशिक रोजगारीको लागि युएईमा कार्यरत प्रवासी नेपालीहरुबाट संकलित रकम रत्ननगर २ टाँडी निवासी दुवै मृर्गौला पीडित सुमन परिवारको उपचारका लागि प्रवासी चितवनेहरुको साझा संस्था चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समितिले ७० हजार रुपैया सहयोग रकम हस्तान्तरण गरेको छ ।

टाँडीमा आयोजित कार्यक्रममा समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारी र कार्यक्रमका प्रमुख अतिति वडा नं २ का वडाध्यक्ष तिलकराज शर्माले सुमनकी आमा चम्फा परियारलाई ७० हजारको चेक हस्तान्तरण गरेका थिए ।

समन्वय समितिका बरिष्ठ उपाध्यक्ष बुद्धिराज अर्याल, उपाध्यक्ष कविता ढकाल, कोषाध्यक्ष सीता ढकाल, चितवन समाज युएईका संरक्षक निमकान्त पाण्डे, सल्लाहकार प्रविण विक, रामु पौडेल, आजीवन सदस्य तथा लोक गायक नेत्रजी पन्त, समन्वय समितिका गलफ संयोजक श्याम पोखरेल लगायतको रकम हस्तान्तरण कार्यक्रममा सहभागिता रहेको थियो ।

युएईमा आर्थिक संकलनको लागि अन्तराष्ट्रिय रोल्पाली सेवा समाज युएई तथा ताप्लेजुङ समाज सेवा युएईले पनि सहयोग गरेको थियो । सो अबसरमा समन्वय समितिका अध्यक्ष अधिकारीले वैदेशिक रोजगारीको लागि युएईमा रहेका प्रवासी नेपालीहरुबाट संकलित रकम मृर्गौला पीडित सुमनको उपचारका लागि सहयोग गरेको बताए ।

समन्वय समितिले प्रवासमा रहेका नेपालीहरुबाट संकलन गरिएको रकमबाट विभिन्न सामाजिक क्षेत्रका सहयोग गर्दै आएको बताए । चितवन समाज युएइ का सल्लहाकार प्रविण बिकले स्वागत मन्तब्य राखेका थिए ।

यही पुस ५ गते मात्र नेपाल आएका सुमनको भक्तपुर मावन अंग प्रत्यारोपण केन्द्रमा उपचार भइरहेको छ । सुमनको मृर्गौला प्रत्यारोपण गर्ने परिवारले योजना बनाएका छन । सुमनको उपचारको लागि देश विदेशबाट आर्थिक संकलन जारी रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...