कावासोतीमा मनाइयो पृथ्वी जयन्ती

Samajbadi congres

कावासोती । नेपाल समाजवादी कांग्रेसले २९७ औं पृथ्वी जयन्ती नवलपरासीका विभिन्न ठाउँमा कार्यक्रम गरी मनाएको छ ।

स्थानीय सन्तोष थापा र प्रकाश पाण्डे, काजरा खातुन, बलराम पौडेल समेतका स्वतन्त्र नागरिकले नवलपरासीको कावासोतीमा आयोजना गरेको जनसभामा नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौलाले पृथ्वी नारायाण शाहले नेपाल एकीकरण गरिदिएकै कारण आज नेपालीले नेपाल भन्न पाएको बताए ।

अध्यक्ष निरौलाले संघीयताका कारण देश विखण्डनको स्थितीमा पुगेकाले फेरि जनता मिलेर राज्य एकीकरणको लागि संघर्ष गर्नुपर्ने दिन आएको बताए । उनले राष्ट्रिय एकता र सदभावका लागि जनता जुट्नुपर्ने दिन आइसकेको दावी गरे ।

सो कार्यक्रममा सो पार्टीका सचिव मानबहादुर गुरुङ लगायतले पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा खेलेको योगदानको चर्चा गरेका थिए ।

सो जनसभाअघि रजहरबाट मोटरसाइकल र्याली निकालिएको थियो । सो र्याली बजारको विभिन्न स्थानको परिक्रम गर्दै कावासोती पुगेर जनसभामा परिणत भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...