हवाई भाडा घट्यो, कहाँको कति ? (सूचीसहित)

Plane

काठमाडाैं । बिहीबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै शुक्रबार आन्तरिकतर्फको हवाई भाडा पनि घटेको छ । शुक्रबार बसेको एयरलाइन्स अपरेटर एसोसियशन्स अफ् नेपालको बैठकको निर्णअनुसार आन्तरिकतर्फ पुस २९ गतेदेखि लागू हुनेगरी काठमाडाैंबाट विभिन्न क्षेत्रको हवाई भाडा ९० रुपैयाँदेखि ४४० रुपैयाँसम्म घटेको छ ।

समायोजनपछिको हवाई भाडा यस्तो छ

माउण्टेन फ्लाइट   ११,३०० रुपैयाँ
काठमाण्डौ–पोखरा   ५०५० रुपैयाँ
काठमाण्डौ–भरतपुर   ३६५० रुपैयाँ
काठमाण्डौ–विराटनगर  ७५५० रुपैयाँ
काठमाण्डौ–जनकपुर  ४३०० रुपैयाँ
काठमाण्डौ–सिमरा    ३१२० रुपैयाँ
काठमाण्डौ–भैरहवा    ६२०० रुपैयाँ
काठमाण्डौ–धनगढी   १२,६५० रुपैयाँ
काठमाण्डौ–नेपालगञ्ज    १०,००० रुपैयाँ
काठमाण्डौ–भद्रपुर    ९१०० रुपैयाँ
काठमाण्डौ–तुम्लिङटार   ६,००० रुपैयाँ

निगमले बिहीबार राति बाह्र बजेदेखि लागू हुनेगरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ घटाएको थियो। साविकको बिक्री मूल्य १०४रुपैयाँ ५० पैसा प्रतिलिटरमा १० रुपैयाँ घटाएर ९४ रुपैयाँ ५० पैसा कायम गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...