सुरु भयो अर्घाखाँची महोत्सव, कृषी मन्त्रीले गरे उदघाटन

Argakhachi mahotsab

अर्घाखाँची । अर्घाखाँचीमा चौथो अर्घाखाँची महोत्सव सुरु भएको छ । सो महोत्सवको कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रमणी खनाल ‘बलदेब’ ले शुक्रबार उद्घाटन गरे ।

माघ ८ सम्म चल्ने सो महोत्सवको उद्घाटन गर्दै मन्त्री बलदेवले अहिले नै सरकारको समिक्षा गर्ने बेला नआएको बताएका छन् । उनले यो सरकारले क्षणिक विकास नभई जग बसाउने काम बल्ल सुरु भएकाले अहिले नै समिक्षा गरेर उपलब्धी नदेखिने बताए ।

उनले गुल्मीमा रहेको कफिजोनलाई सुपरजोनमा परिणत गरी ५ जिल्लामा कफि उत्पादनमा सुधार ल्याउने गरि योजना बनाइएको बताए । अर्घाखाँची जिल्ला मासु दुध उत्पादन आत्म निर्भर रहेको बताउँदै खनालले बुटवलमा विक्री केन्द्र बनाउने योजना रहेको बताए ।

सो कार्यक्रममा पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभाका सदस्य टोपबहादुर रायमाझीले जिल्लाको विकासमा सबै एकजुट भई लाग्नुपर्ने बताए । उनले अर्घाखाँची सहमतिको जिल्ला भएको दावी पनि गरे ।

सो महोत्सवको उदघाटन कार्यक्रममा राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का, प्रदेश सांसद रामजी घिमिरे, चेतनारायण आचार्य, निर्मला क्षेत्री, जालपा भुसाल, जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल लगायतले जिल्लामा हुने महोत्सवले जिल्लाको आर्थिक गतिविधिमा टेवा पुग्नेमा जोड दिए ।

महोत्सव मूल समितिका संयोजक तथा उद्योग बाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठको अध्यक्षतामा सुरु भएको सो महोत्सवको उदघाटन कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद भुसालको सञ्चालन गरेका थिए भने उपाध्यक्ष जीबनारायण खनालको स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...