घट्यो आन्तरिक उडानको हवाई भाडा

Hawai vada

काठमाडौं । आन्तरिक वायुसेवाले भाडा घटाएका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि आन्तरिक वायुसेवाले पनि भाडा घटाएका हुन् ।

निगमले शुक्रबारदेखि लागू हुने गरी प्रति लिटर १० रुपैयाँले इन्धनको मूल्य घटाएपछि आन्तरिक उडानका वायुसेवाले आइतबारबाट लागू हुने गरी कम्तिमा ९० रुपैयाँदेखि बढीमा ४४० रुपैयाँसम्मले हवाई भाडा घटाएका हुन् ।

संघका अनुसार सबैभन्दा कम काठमाडौंबाट सिमराको लागि घटेको छ । सिमरामा ९० रुपैयाँ र सबैभन्दा बढी काठमाडौंबाट धनगढीको लागि घटेको छ । काठमाडौं धनगढीको भाडा ४४० रुपैयाँले घटेको छ ।

संघले माउन्टेन फ्लाइटसहित काठमाडौं विमानस्थललाई आधार बनाएर ११ वटा गन्तव्यको लागि हवाई भाडा घटाएको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौं विमास्थलबाट उडान हुने पोखरा १५५, भरतपुर ११०, विराटनगर २४०, जनकपुर १३०, भैरहवा २०५, नेपालगन्ज ३२५, भद्रपुर ३०० र तुम्लिङटारको लागि १८५ रुपैयाँले हवाई भाडा घटेको छ ।

घटेको भाडा अनुसार आइतबारदेखि नयाँ भाडादरमा यात्रुले उडान गर्न पाउने छन् । यस्तो हवाई इन्धनको मूल्य घटेकोले फ्युल चार्जवापतको शुल्क घटाउँदा हवाई भाडा पनि घटेको संघले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस