दुई जना सञ्चारकर्मी ललितपुरमा सम्मानित

Sunil maharjan

ललितपुर । ललितपुर सुनचाँदी व्यवसायी संघले दुई जना पत्रकारलाई सम्मान गरेको छ । संघले आफ्नो रजत जयन्तीको अवसर पारेर नेपाल भाषा टाईम्सका सम्पादक सुरेशकिरण मानन्धर र नेपाल समाचारपत्रका सहायक सम्पादक सुनील महर्जनलाई सम्मान गरेको हो ।

सुनचाँदी व्यवसायीहरुले स्वतन्त्रता र सुरक्षित वातावरणमा इमान्दारीपूर्वक व्यवसाय गर्ने पाउने हकको पक्षमा पत्रकारितामार्फत पु¥याएको योगदानलाई कदर गर्दै पत्रकारद्वयलाई सम्मान गरिएको संघले जनाएको छ ।

साानेपामा आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले पत्रकारद्वय महर्जन र मानन्धरलाई ४ तोलाको चाँदी मुद्रा अंिकत सम्मान पत्र प्रदान गरे भने संघका अध्यक्ष किरणभाई बज्राचार्यले खादा ओढाएका थिए ।

सो कार्यक्रममा ललितपुर क्षेत्र नं. ३ का सांसद् पम्फा भुसाल, प्रदेश नं. ३ का सांसद् राजकाजी महर्जन, शोभा शाक्य, पूर्वमन्त्री बुद्धिराज बज्राचार्य, पूर्व मुख्य सचिव तीर्थमान शाक्य, ललितपुर उद्योग वाणिज्य संघ प्रदेश नं. ३ संयोजक दिनेश श्रेष्ठ, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, ललितपुर महानगरपालिका वडा नं. १६ का वडाअध्यक्ष निर्मलरत्न शाक्य लगायत सुनचाँदी व्यवसायी, उद्यमी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस