डा. लोहनी भन्छन्, देशमा कपुतशैली जन्मियो

Rpp rastrabadi

काठमाडौं । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सरकारले कपुत शैली अपनाइरहको आरोप लगाएका छन् ।

२९७ औँ पृथ्वी जयन्तीका अवसरमा शुक्रबार आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा डा. लोहनीले नेपालका राजनीतिक दलहरुका नेताहरुलाई कपुत होइन, सपुत बन्न सुझाव पनि दिए ।

‘नेपाल सरकारले कपुत शैलीको प्रवृत्ति देखाइरहेको छ’ उनले भने, ‘नेपाल एकीकरण गर्ने महान व्यक्तित्वलाई भुलेर होइन, सम्मान गरेर सपुत बन्नुस् ।’ उनले विश्व मानचित्रमा नेपाललाई स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा स्थापित गराउने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई नेपालीले बिर्सन नहुने पनि बताए ।

उनले पृथ्वीनारायणले बाइसे चौबिसे राज्यमा छरिएको भूगोललाई एकीकरणको परिकल्पना गरी आधुनिक नेपाल निर्माण गरेको स्मरण गरे । उनले नेपालको यस्तो इतिहास बिर्सेर कहिले पनि महान बन्न नसकिने तर्क पनि गरे ।

सो चियापानमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जवरा, नेकपा (माले) का महासचिव सिपी मैनाली, पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवाल, संविधानविद भीमार्जुन आचार्य, साहित्यकार, कलाकारलगायतको सहभागिता रहेको थियो ।

यसअघि एराप्रपा राष्ट्रवादीले विभिन्न स्थानमा प्रदर्शन गरेको थियो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...