पृथ्वीनारायण शाहको शालिक छेउमा विद्यादेवी भण्डारीलाई रातो टालोमा सेनाको सलामी

Prithbi jayanti vandari

काठमाडौं । आज पुस २७ गते अर्थात् २९७ औँ पृथ्वी जयन्ती । जनस्तरबाट देशभर पृथ्वीजयन्ती मनाइयो । नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिक विदा पनि दियो । तर, सरकारले भने सार्वजनिक विदा दिएन ।

सरकारी तवरबाट पृथ्वी जयन्ती नमनाइए पनि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वी जयन्तीको शुभकामना पनि दिए । सरकारले औपचारिक कार्यक्रम नगरे पनि सिंहरदरवारमा रहेको पश्चिम गेटमा रहेको पृथ्वीनाराण शाहको शालिकमा राष्ट्रपति भण्डारीले माल्यापर्ण गरिन् ।

२९७ औँ पृथ्वी जयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा गरेको कार्यक्रममा पृथ्वीनारायणको शालिक अगाडि राष्ट्रपति भण्डारीलाई एउटा रातो टालोमा उभिन लगाइयो र नेपाली सेनाले सलामी दियो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले आधुनिक नेपाल निर्माता शाहको तस्वीर सजाएर बग्गीमा राखेर विशेष बाजागाजासहित कमलादीबाट सिंहदरबारसम्म शोभायात्रा गरियो । जुन कार्यक्रमको उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुभारम्भ गरेका थिए ।

पृथ्वी जयन्ती राजावादी पार्टीहरु र विभिन्न संघ संस्थाहरुले निक्कै धुमधामसँग मनाए । राप्रपा र एराप्रपाले चियापान कार्यक्रमको आयोजना गरेर पृथ्वी जयन्ती मनाए ।

यस्तो छ इतिहास

अहिलेको नेपाल बन्नुअघि लिच्छविकालको अन्त्यतिर ५२ राज्यमा विभाजित थिए । तर, शाहले नेपाललाई पुनःएकीकरण गरी पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मको नेपालीले भोग गर्न पाउने व्यवस्था गरिदिएका थिए ।

तत्कालीन समयमा काठमाडौँ उपत्यका, सिम्रौनगढ र सिँजा केन्द्र भएको राज्य शक्तिशाली थिए । तिनै तीन केन्द्रअन्तर्गत बाइसे र चौबिसे राज्य अस्तित्वमा थिए ।

गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका छोराका रुपमा विसं १७७९ पुस २७ गते जन्मेका शाहले वि.सं. १७९९ चैतमा राजा भएपछि नुवाकोट १८०१ र काठमाडौँ उपत्यका विसं १८२५–२६ र पछि पूर्वका सेन राज्य विजय गरेका थिए ।

आफ्ना पालामा छरिएका ५४ राज्यमध्ये धेरै राज्य एकीकरण गरेपछि शाहलाई वंशका हिसाबले राजा तथा कुशल नेतृत्व गर्न सक्ने सेनापतिका रुपमा पनि चित्रण गरेको पाइन्छ ।

शाहको फौजले एकीकरणका क्रममा दोस्रो आक्रमणमा विसं १८०१ असोज १५ गते नुवाकोट जितेको थियो । सो स्थानबाट शुरु गरिएको एकीकरण बढ्दै गएर काठमाडौँ उपत्यका र पछि पूर्वतिर विजय गरे पनि उनको कार्यकालमा नभई भाइ र छोराहरुले पश्चिमतिर सिमाना बढाए ।

शाहका कान्छा छोरा बहादुर शाहले पनि राज्य बढाएको भए पनि विभिन्न कारणले त्यसलाई कायम गर्न सकिएन । नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भयो । नेपाल अंग्रेज युद्धपछि सुगौली सन्धि (विसं १८७२) सम्म वर्तमान भूभाग ९राणाका पालामा नयाँ मुलुक बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता० नेपाल अधीनस्थ भयो ।

बाइसे चौबिसे राज्यमा छरिएको भूगोललाई युद्ध तथा कूटनीतिक कौशलताबाट क्रमिक रुपमा एकताबद्ध गरेका शाहको गौरव र इतिहास परिवर्तन गर्न नहुने र योगदानलाई राजनीतिक आस्थासँग जोड्न नहुने बुद्धिजिवीको सुझाव छ ।

नेपाल राष्ट्रका जनक शाहले विभिन्न राज्यमा विभाजित राज्यलाई विदेशी हस्तक्षेप हुनबाट जोगाउने कार्य गरेकाले नेपालीले सदैव उच्च सम्मान गर्नुपर्ने इतिहासकार डा. सुरेन्द्र केसी बताउँछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...