एनआरएनएको विज्ञ सम्मेलनको सुझावसहितको श्वेतपत्र सरकारलाई, पूर्ण बैठक आज काठमाडौंमा सुरु

Nrn

काठमाडौं । गैर आवासीय नेपाली संघले गत अक्टोबरमा काठमाडौंमा सम्पन्न पहिलो विज्ञ सम्मेलनको सारांश एवं सुझावहरु सरकारलाई बुझाएको छ ।

संघका अध्यक्ष भवन भट्टसहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो सुझाव बुझाएको हो । संघले बुझाएको सुझावहरुलाई अध्ययन गरी कार्यन्वयनमा ल्याउन सरकारप्रतिबद्ध रहेको प्रधानमन्त्रीले बताए ।

सरकारले समृद्ध नेपालको परिकल्पना गरिरहेको अवस्थामा गैरआवासीय नेपाली संघले आर्थिक लगानी संगसंगै ज्ञान, सीप र प्रविधिको लगानी भित्र्याउन पहल गर्नुलाई सरकारले सकारात्मक रुपमा लिएको प्रधानमन्त्री ओलीको भनाई थियो ।

अध्यक्ष भवन भट्टले विज्ञ सम्मेलनको सारांश र सुझाव पेश गर्नु हुँदै संघले नेपालको ज्ञान सीपको भण्डारलाई अभिवृद्धिका लागि सरकारसँग सहकार्य गर्न चाहेको बताएका थिए । उनले भिजिट नेपाल २०२०, विद्यार्थी भर्ना अभियान लगायत सरकारले अघि सारेका कार्यक्रमको सफलताको लागि संघले सहकार्य गर्ने समेत उल्लेख गरेका थिए ।

संघद्वारा गत अक्टोबरमा भएको विज्ञ सम्मेलनमा १ सय ६६ कार्यपत्र प्रस्तुत गरिएका थिए । १९ वटा सत्रमा सम्पन्न सम्मेलनमा २१ मुलुकका ५ सय भन्दा बढी प्रतिनिधि सहभागी थिए ।

यसैबीच संघको पूर्ण बैठक आज काठमाडौंमा सुरु हुँदैछ । बैठकमार्फत संघले वार्षिक कार्यक्रमको समिक्षा एवं आगामी रणनीति तय गर्ने प्रवक्ता भूषण घिमिरेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस