परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी स्वराजबीच नयाँ दिल्लीमा भेटवार्ता

Pradeep kumar gyawali sushma swaraj

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका भारतीय समकक्षी सुष्मा स्वराजबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भारतीय विदेश मन्त्रालयमा भएको भेटमा उनीहरुबीच नेपाल भारतको सम्बन्धको विभिन्न विषयमा छलफल हुनुका साथै द्वीपक्षीय सहयोगमा सञ्चालित परियोजनाको प्रगतिको समीक्षा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनीहरुले हालै भएका उच्च स्तरीय भ्रमणको स्मरण गर्दै ती भ्रमणले वर्षौदेखिको समानता, आपसी समझदारी, एक अर्काको सम्मान र द्वीपक्षीय हितका आधारमा सञ्चालित सम्बन्ध सुदृढ बनाउन योगदान पुगेको बताएका थिए । परराष्ट्रमन्त्री ज्ञवाली भोलिनै स्वदेश फर्किनुहुने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...