प्रधानमन्त्री ओली र जापानका विदेश मन्त्री कोनोबिच भेटवार्ता, यस्तो भयो छलफल

Pm

काठमाडौं । नेपालको भ्रमणमा रहेका जापानका विदेश मन्त्री तारो कोनो र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । जापानका विदेश मन्त्री कोनोले बिहीबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

भेटमा दुई देशबिचको सम्बन्ध र आपसी सहयोगका बारेमा कुराकानी भएको जनाइएको छ । यस्तै कोनोको बिहीबार नै जन्मदिन परेकाले प्रधानमन्त्री ओलीले उनलाई जन्मदिनको शुभकामना पनि दिए । ओलीले कोनोलाई शुभकामनासहित पुष्पगुच्छा प्रदान गरेको उनको निजी सचिवालयले जनाएको छ ।

कोनोले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने छन् ।

बुधबार नेपाल आएका कोनो र उनका समकक्षी प्रदीप ज्ञवालीबिच भेटवार्ता भइसकेको छ र दुवै मन्त्रीले दुई देशबिचको सीधा हवाई सेवाबारेको सम्झौतामा हस्ताक्षर गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...