मिस नेपाल खतिवडा बनिन् फ्रान्सको सदभावना दूत

Mis nepal sadvabana dut

काठमाडौं । मिस नेपाल श्रृखला खतिवडा फ्रान्सको सदभावना दूत (गुड विल एम्बास्डर) बनेकी छन् ।

नेपाल र फ्रान्सबीच कुटनीतिक सम्बन्ध प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो वर्षका लागि मिस नेपाल खतिवडालाई सद्भावना दूत ‘(गुड विल एम्बास्डर) का रूपमा घोषणा गरिएको छ ।

नेपाल र फ्रान्सबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा परराष्ट्र सचिव शंकरदास बैरागी र फ्रान्सका लागि विदेश सचिव मोरिस गर्दो मोन्तानको नेतृत्वमा भएको प्रतिनिधि मण्डलले बुधबार सम्पन्न दुई पक्षीय परामर्श बैठकपछि खतिवडालाई सदभावना दूत घोषणा गरिएको हो ।

उनलाई चीनमा भएको मिस वल्र्ड अघि नै गोर्खा इको प्यानलले ब्राण्ड एम्वेसडर बनाएको थियो । उनले गोर्खा इको प्यानलको प्रयोग गरी मकवानपुरको विकट क्षेत्रको चेपाङ बस्तीमा बनाइरहेको स्वास्थ्य चौकी भबनलाई बृतचित्र बनाई लगेकी थिइन् । व्युटी विद पर्पाेजको सोही बृतचित्र लगेकी उनी यही कारण मिस वल्र्ड– २०१८ को उपाधिको अब्बल प्रतिस्पर्धीको रुपमा चिनिएकी थिइन् ।

आफ्नो पहलमा स्वास्थ केन्द्र स्थापना गरेर स्थानीय बालबालिकाहरूको उपचारमा सहयोग पुर्याएको अभियानलाई उनले बृतचित्रमा समेटेकी थिइन् । नेपालमै पहिलो पटक उत्पादित गोर्खा इको प्यानलको सहयोगबाट उनले स्वास्थ्य केन्द्र भबन बनाएकी थिइन् ।

गएको मंसिर २२ गते शनिवार ९ डिसेम्बरका दिन चीनको सान्यामा भएको मिस वल्र्ड–२०१८ मा प्रतिस्पर्धी उनी १२ औं स्थानमा पर्न सफल भएकी थिइन् । व्युटी विथ ब्रेन भनेर चिनिने श्रृंखला नेपालकै पहिलो आर्किटेक्ट मिस नेपाल हुन् । पेशाले आर्किटेक्ट इन्जिनियर श्रृखलाले इन्जिनियरिङ विषयमा स्नातक गरेकी हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...