स्वर्गद्धारी नगरपालिकाका मेयरलाई किन छर्किए विप्लवका कार्यकर्ताले मोबिल ?

Netra roka meyar

प्युठान । विद्रोहको बाटो रोज्ने धम्की दिँदै आएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले दिउँदै नगरपालिकाका मेयरलाई कार्यकक्षमै प्रज्वलनशील पदार्थ खन्याएको छ ।

विप्लवका कार्यकताृहरुले प्यूठान जिल्लाको स्वर्गद्धारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोकायमाथी मंगलबार कार्यकक्षमै मोबिल खन्याएको हो ।

मेयर रोका नगरपालिकामा योजनाबारे छलफल गरिरहेका बेला योजना शाखाको कार्यकक्षमै पुगेर मोबिल दल्ने प्रयास गरेको मेयर रोकाले बताए । विप्लवका कार्यकर्ताले बोमिल दल्ने प्रयास गर्दा आफ्नो कपडामा मात्रै लागेको रोकाको भनाई छ ।

‘हामी योजना शाखामा योजनाबारे छलफल गर्दै थियौं’ मेयर रोकाले भने, ‘३ जनाको समुहमा आएकाहरुले ‘सबै कब्जामा छौं चुप लाग’ भन्दै ममाथी मोबिल खन्याए ।’

सोमबार दिउँसो दुई बजे ३ जनाको समुहमा रहेका उनीहरुले मेयरमाथी मोबिल खन्याएर फोटोसमेत खिचेर भागेको मेयर रोकायले बताए ।

बिप्लव नेतृत्वको नेकपाले स्वर्गद्धारी नगरप्रमुखलाई कारबाही किन शीर्षकमा विज्ञप्ती जारी गरेको छ । जिल्ला सेक्रेटरीको दस्तखत नै नभएको बिज्ञप्तीमा भष्ट्राचार गरेको, जनतामाथि कर थोपरेको, उपोभोक्ता समितीमा पार्टी नेता कार्यकर्तालाई पदाधिकारी बनाएर किर्ते बिल भरपाई मिलाई रकम अनियमितता गरेको आरोप लगाईएको छ ।

कमिसनको भरमा प्राकृतिक श्रोतको दोहन गरिएको, कर्मचारी पदपुर्तीमा बिज्ञापन गरेको देखाईएपनी आफू निकट उम्मेद्धवारलाई नियुक्ती दिएको आरोप मेयर रोकामाथी लागेको छ । नगरप्रमुख रोकायलाई कारवाही गर्ने चेतावनी पनि दिइएको छ ।

विप्लवका जिल्ला ईन्चार्ज ‘अजय’ ले जनता र पार्टीले रोकालाई कारवाही गरेको स्वीकार गरेका छन् । ‘जनप्रतिनिधी धनप्रतिनिधी भएपछि कारवाही गरिएको हो’ उनले भने, ‘अहिले पार्टीले कारवाहीको प्रारम्भ गरेको छ, अब जनताले नै कारबाही गर्छन् ।’

यता, स्वर्गद्धारी नगरपालिकाले प्रेस बिज्ञप्ती जारी गर्दै नगरप्रमुख रोकाए माथी प्रज्वलनशील पदार्थ खन्याई भएको आक्रमणको प्रयासप्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नगरको काममा अबरोध गर्ने र शान्ती सुरक्षामा खलल पुर्याउने काम गरेकाले त्यस्ता गैरकानुनी कार्य गर्ने समुहलाई कानुनी कारबाही गर्न आग्रह गरिएको छ ।

घटनाबाट नगरपालिकाको नियमित कामकाज कुनै बाधा नपुगेको समेत जनाईएको छ । स्थानीय तह चुनावमा मेयर रोकाय तत्कालिन एमालेबाट नगरप्रमुखमा निर्वाचित भएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...