स्पेनिस लिग फुटबल: रियाल मड्रिडलाई रियाल सोसिडाडले हरायो

Ggggg

काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिड पराजित भएको छ । गएराति भएको खेलमा रियाल मड्रिडलाई रियाल सोसिडाडले २–० ले हराएको हो ।

हारपछि अंक तालिकाको पाँचौ स्थानमा झरेको रियाल मड्रिड शीर्ष स्थानको बार्सिलोनासँग १० अंकले पछि परेको छ । शीर्ष स्थानको बार्सिलोनाले गएराति गेटाफेलाई उसैको मैदानमा २–१ ले पाखा लगायो ।

ला–लिगा फुटबलका अन्य खेलमा सेभिया र एथ्लेटिको मड्रिडले १–१ गोलको बराबरी खेल्दा भियारियालले आईबारसँग गोलरहित बराबरी खेलेको छ ।

गएरातिका खेलपछि अंक तालिकामा १८ खेलबाट ४० अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ । समान खेलबाट ३५ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो, ३३ अंक जोडेको सेभिया तेस्रो, ३१ अंकसहित डेपोर्टिभो आलाभेज चौथो तथा ३० अंकका साथ रियाल मड्रिड पाँचौ स्थानमा छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...