खोकाछाप्रा नै विवादको केन्द्रविन्दु ? हुल हुज्जतका भरमा जे गरे पनि हुने !

48911410 1036352939898957 5025500619838849024 n

कञ्चनपुर । सन्दर्भ कञ्चनपुर खोकाछाप्रा उद्धार समिति जो बिगत २०औ बर्षदेखि निकास र विकासको पर्खाईमा रहेको छ । आज ति साना ब्यापार व्यवसायि गरि बसि रहेका खोकाछाप्राबासी टुलुटुलु हेरी बस्दै आईरहदा एक्कासी हिजो आज अवैधको विवादमा मुछिए पछि खोका छाप्राबासी त्रसीत बन्न पुगेका छन । हैकमवादको कुविचार बोक्ने बर्खायामका लम्पासे जुकाहरुले गर्दा यस्तै निमुखा वर्गहरुको दैनिय अवस्था नाजुक बन्दै गईरहेको छ ।

सरोकारवाला निकायका पियुन देखि हाकिम सम्मका आफुलाई उच्चपदस्तकर्ता सोच्नेहरुले गर्दा नै गरीब जनताहरुको सदैव आवाज दविएर रहेको छ । वैधानिक काम पनि अवैधानिक तरीकाले गर्न बाध्य बनाउने यस्ता दलालहरुले गर्दा नै निमुखा गरीब जनताहरुले सास्ति खेप्नु परेको उदाहरणहरु छन भने आज खोकाछाप्रामा आफुले बैधानिक रुपमा मागेको अंश नपाउदा पिउन देखि उच्च तहका सासंद समेतहरु नै गरीब जनताहरुको ढाड सेक्न अहोरात्र खटिएका छन ।

महेन्द्रनगर नगर बिकासको गुरुयोजना अनुसार त्यति बेला अस्त ब्यस्त रहेका खोका छाप्रालाई बजार बिस्तारको क्रममा रोड छेउछाउमा रहेका सानतिना व्यवसायीहरुका खोकाहरुलाई त्यहि बजारको छेउमा व्यस्थित रुपमा सारीएको थियो । २०४९ सालमा कञ्चनपुर खोकाछाप्रा उद्धार समिति दर्ता भएको थियो । २०५३ सालमा खोका पसलेहरुलाई रोड नजिकै महेन्द्रनगर नगरविकासको जमिनमा खोका व्यवसायिहरुलाई व्यवस्थापन गरीएको थियो ।

सानो खोका व्यवसायिहरुको उचित व्यवस्थापनको माग लिएर १०×१०को स्थानमा राखीएको थियो । बजार व्यवस्थापनको क्रममा उनिहरुलाई एक स्थानमा थुपारेर राखिए पछि सुरुमा प्रति खोकाबाट रु ३० का दरले फडके कर उठाउने क्रममा छरिएर रहेका खोकाहरुलाई पछि गएर व्यवसायिहरुले आफ्नो व्यपार व्यवसायि गर्न असहज भएको हुनाले पक्कि टिन सेट निर्माण गर्न माग गरेपछि नगरविकास समितिले स्विकृति दिए पछि प्रति खोका व्यवसायिहरुबाट रु २०० का दरले भाडा अशुल गर्ने सम्झौता गरीयो ।

जुन सम्झौता गर्दा नगरविकासले सम्पुर्ण ढल निकास, सरसफाई, पोलहरुमा वत्तिको व्यवस्था खानेपानीको व्यवस्था, माटो भरान गरेर सडक निकासीको व्यवस्था लगायत जस्ता सेवाहरु उपलव्ध गराउने र साना व्यवसायिहरुलाई व्यपार व्यवसाय गर्नमा सहज बातावरणको सृजना गर्ने सम्झौता गरेको थियो ।

केहि समयपछि नगरविकासले गरेको सम्झौता अनुसारको कार्य नगरेको हुनाले खोकाछाप्रा व्यवसायिहरुले नगरविकासलाई तिर्ने भाडा रोक्का गरी उचित व्यवस्थापनको माग अघि सार्दै गर्दा कयौ आन्दोलनका कार्यक्रम गरेको थियो । खोका व्यवसायिहरुले आफ्नो उचित मागहरुलाई पुरा गर्न २०६६।९।१७ गतेका दिन नगरविकासको गेटमा आमरण अनसन सुरु गरेको थियो भने अनसनलाई प्रमुख जिल्ला अधिकारी वुद्धि बहादुर खड्काको अध्यक्षतामा मानवअधिकार, नागरिक समाज, उध्ययोग वाणिज्य सघ, गैर सरकारी संघ,नेपाल पत्रकार महासंघ, खोकाछाप्रा व्यवसायि, लगायत विभिन्न संघसस्थाहरुको उपस्थितिमा २०६६।९।२०का दिन आमरण अनसन तोडिएको थियो । आमरण अनसन तोडिएपछि सर्वपछिय वैठक बोलाउने र खोकाछाप्रालाई व्यवस्थापन गर्ने सहमति भएको थियो ।

खोकाछाप्रालाई व्यवस्थित रुपमा अघि बढाउने र सो सम्झौता कार्यन्वयन गर्न नगरविकास समितिलाई विभिन्न सरकारी तथा गैर सरकारी निकायहरुले आग्रह पनि गरेको थियो । यसरी कञ्चनपुर खोकाछाप्रा समितिले आफ्ना व्यवसायिहरुको मागलाई उचित व्यवस्थापन गरीनु पर्छ भनेर पटक पटक सिफारीस गर्दै जादा नगरविसकास समितिले वेवास्था गरेको थियो भने पटक पटक उठिरहेको खोकाछाप्राको विवादलाई साम्य गर्न विभिन्न निकायले समेत सिफारिस गरेका थिए ।

यसै क्रममा ६ मिटर बाटो खोलेर पुर्व पश्चिम उत्तर दक्षिण एरिया तोकेर नगरविकासले साना व्यवसायिहरुलाई आफ्नो सो लगानीमा सटर निर्माण गर्न दिएको र खोकाछाप्राको आडमा खालि रहेको जमिनमा अतिक्रमणकारीहरुले घर निर्माण गर्न लागेको हुनाले खोकाछाप्रा समितिले पटक पटक यसको सत्यतथ्य छानविन गरेर खोकाछाप्रालाई व्यवस्थित तरिकाले व्यवस्थापन गर्न आग्रह गरीरहेको सबैलाई खोकाछाप्रा वासिले अवगत गराईरहदा खोकाछाप्रा नै विवादको केन्द्रविन्दु वन्न पुगेको छ ।

जिल्ला प्रशासनले दिउसो अबैध रहेका संरचना भत्काई लैजाने सुचना जारी गरेको केही घण्टा मै रातीको समयमा मिति २०७५।९।१२ गते राति अपरिचित समुहले खोकाछाप्रा पुरै अवैधानिक हो भनेर राति ११ बजे तिर डोजर लगाएर बन्दै गरेको संरचना भत्काईएको थियो । उक्त संरचना भत्काउने क्रममा राति उक्त कार्य रोक्न आग्रह गर्दा स्थानिय दिल बहादुर बिष्ट र पार्वती जोशी घाईते भएका थिए । कानुन हुदा हुदै हुल हुज्जतका भरमा जे गरे पनि हुने भन्ने सोचका साथ केही उच्छंखल तत्वले गरेको सो घटनाको जिम्मेवारी समेत कसैले लिएको छैन ।

उक्त घटना के कति कारणले घटन गयो र यस्तो घटना पुन घटन नदिन भनेर विनम्र अनुरोध गर्न भनेर दोस्रो दिन जिल्ला प्रशासन कार्यालयमा जादा मुलगेट बाटै खोकाछाप्रा समितिका अध्यक्ष लगायत साधारण सदस्यहरुलाई विना कारण जिप्रकाले थुनेर सार्वजनिक मुद्धा लगाएको छ ।

बर्षाै देखी आफ्नो मागहरुलाई सम्वोदन गरीदिन महेन्द्रनगर नगरविकास समितिलाई पटक पटक आग्रह गर्दा पनि हलुका रुपमा लिएको र विभिन्न संघसस्थाहरु संग आफ्ना मागहरुलाई न्यायिक दृष्टिकोणबाट हेरीयोस भनेर आग्रह गरीएको गुनासो पोख्दै रहदा विभिन्न राजनितिक संगठनहरुले कागजी रुपमा आशवासन दिएपनि आज उनिहरु कै भातृ संगठनहरुले अशं नपाएको रिस सिंगो खोकाछाप्रा माथि पोखिरहेका छन ।

एका तर्फ अबैध संरचनामा निर्माण गरिएका भवनमा स्थानिय सरकारले ब्यापार अनुमति दिएको छ भने अर्काे तर्फ अबैधको नारा दिएको छ । चुनाव प्रचार प्रसारको वेला खोकाछाप्राको दैलोमा आएर फुलमाला लगाउने र यसको उचित व्यवस्थापन हुन्छ भनेर जाने अहिले आएर आफ्नो भातृसंगठनहरुलाई खोकाछाप्रा बासिलाई त्रसित बनाउन परिचालन गरेको खोकाछाप्रा बासिहरुको आरोप छ । आफ्नो स्वार्थको अधिनमा बाच्ने यस्ता केहि संगठनहरुको नि भित्रि रहस्य के रहेछ भन्ने कुरा बाहिरीदै गईरहेको छ जसको फलस्वरुप उनिहरुको पतन हुन समय लाग्ने छैन भन्ने कुरा खोकाछाप्रा बासिको दुखेसो छ ।

आहिले सरकारी जमिनमा भुमाफियाहरुको विगविगी रोक्नको लागि कदम चालिरहेका विभिन्न संघ सस्था लगायत युवा संगठनहरुलाई कञ्चनपुर खोकाछाप्रा बासिले पनि समर्थन जनाउने र यस्तो भईरहेको कार्यको सम्मान स्वरुप फुलमाला लगाएर स सम्मान साथ दिने प्रतिवद्धता जाहेर गरेका छन भने खोकाछाप्रा के हो र यसको मुल उद्देश्य के हो कसरी उनीहरुको मार्कालाई सम्वोधन गर्न सकिन्छ भन्ने कुराको पनि ध्यान दिन विनम्र अनुरोध गरेका छन ।

महेन्द्रनगर नगरविकास समितिले खोकाछाप्रा बासिलाई मिनी बजार व्यवस्थापनको नाममा कति ठगी गरेको रहेछ भन्ने कुराको अवगत गराउन यसको छनविन गरेर निर्णायक बन्न हुन आम खोकाछाप्रा बासिहरुको सम्पुर्ण बुद्धिजिवीहरुलाई अनुरोध गर्दै आएका छन ।

पटक पटकको छानविनको नाममा अहिले सम्म कुनै निकास ननिकालेको गुनासो पोख्दै यसको निकास निकल्ने सम्भावना हुन्छ भनेर जुन खोकाछाप्रा बासिले रु २०० मासिक भाडा बुझाउने महेन्द्रनगर नगरविकास समिति संगको सम्झौता थियो त्यसलाई नि तिर्ने भनेर नगरविकास समितिले व्याजको स्याज जोडेर २०७२ साल सम्मको १० प्रतिशत प्रति बर्ष भनेर ६३००५ तिराएको रसिद नि देखाउदै दुखेसो पोखेका छन ।

मिनि बजार ब्यवस्थापन गर्ने भनेर भनेपछि महेन्द्रनगरको जुन सब्जिमण्डी रोडको खाल्डोमा माटो भरान गरेर अहिले कालोपत्रै गरेको छ तर हाम्रो खोकाछाप्रालाई भनेको कुनै सुविधा नै नदिएर आफ्नो स्वार्थ पुरा गर्न सम्मको काम काटेर दुई ढुंगा विचको तरुल बनाएर छोडेको भन्दै गाउँ घरमा राज्यले खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्दै शौचालय नबनाउनेलाई पाउने सुबिधाबाट बन्चित गर्नै भनेर नारा लगाउदै गर्दा विगत २०औ बर्षदेखी यहाँ त्यस्तो कुनै पक्षबाट पहल नभएको गुनासो छ ।

खोकाछाप्राको अस्तव्यस्त परिस्थीतिमा आफुहरुले उठाएका जायज मागहरुलाई कुनै किसिमको सुनुवाई नहुदा केहिले यहाँ आफुले निमार्ण गरेको टिनसेटको सटरमा ताला लगाएर ठेलागाडामा रोडछेउमा दिनचर्या गुजारा गर्नु परेको छ भने केहिले सानो व्यापार गर्न नपाएर लेवरी गरेर दिनचर्या चलाउन बाध्य भएका छन ।

उनिहरु पनि आफुले पनि यहि व्यापार गर्ने थिए तर नगरविकासले गरेको ठग आश्वासनले गर्दा यस्तो स्थिति सृजना भएको बताएका छन । नगरविकास समितिले बर्षौ देखि आफुहरुलाई फोहोरको डंगुरमा बाच्न बाध्य बनाएर अहिले आएर फराकिलो बाटो सहित पक्कि संरचनामा तोकिएको सहुलियत दरको भाडा तिर्ने र आफ्नो व्यपार व्यवसायिलाई निरन्तरता दिने भनेर संरचना निमार्ण गर्न लाग्दा समेत पुन खोकाछाप्रा बासिहरु माथि अन्याय हुदै गरेको र पहिलेको जस्तै खालि आश्वासनको भरमा रहनु पर्ने स्थिति सृजना हुन लागेको गुनासो गरे ।

अहिले मै हुँ भन्दै बादरको नाच नाचिरहेका बादँरहरुलाई एउटाको फडकोमा अरुले हाम नफाल्न आफ्नो गुरुहरुको अर्थिउपदेशको ज्ञात दिलाउन खोकाछाप्रा बासिले अनुरोध गरीरहेका छन अन्यथा यसको परिणाम विकराल सृजना हुने चेतावनी दिएका छन । खोकाछाप्रा बासिले न्यायिक कुराहरुलाई सर्वोसम्मानिय तरिकाले स्विकार्ने र विगतमा भोगिआएका परिस्थितिमा नै धकेल्न खोजेमा अझै त्यसको प्रतिकारमा उत्रने बताएका छन ।

नगरविकासको खालि रहेको जमिनमा पुजिपति भुमाफियाहरु ले कब्जा गर्दै खोकाछाप्राले नै अतिक्रमण गरेको भनेर दोष लगाई रहदा यसको छानविन नगरि खोकाछाप्रा विस्थापित गर्ने षडयन्त्र भईरहेको भन्दै खोकाछाप्रा बासि आक्रोषीत भएका छन । यसैगरी खोकाछाप्राले विगतमा भोग्दै आएका कठिन परस्थिति बारे बुझेर उनिहरुले उठाएका मागहरु प्रति सम्पुर्ण बुद्धिजिवि संघ सस्था,सरकारी निकाय लगायत सम्पुर्ण विद्यार्थी संगठनहरुलाई यसको उचित व्यवस्थापनको सिफारिस गरीदिन विनम्र अनुरोध गरेका छन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...