युवकको हत्या गरी भाग्ने २६ वर्षीय खत्री काठमाडौंबाट पक्राउ

Pakrau

प्युठान । सत्रवर्षे युवकको हत्या गरि फरार अभियुक्त चार दिन पछि काठमाडौंबाट पक्राउ परेका छन् ।

कोदालो प्रहार गरि युवकको विभत्स हत्या गर्ने गौमुखी गाउँपालिका वडा नंम्बर ६ लिवाङका २६ बर्षिय बिरबहादुर खत्रीलाई पक्राउ गरिएको प्युठानका प्रहरी प्रमुख निर्मल बुढाथोकीले जानकारी दिए । अभियुक्त खत्रीलाई बिषेश सूचनाको आधारमा काठमाडौं स्थित नयाँ बसपार्कको मित्रनगरस्थित होटल ग्यालेक्सीबाट प्रक्राउ गरिएको उनले बताए ।

घटनापछि फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताए । काठमाडौमा खत्री लुकिछिपी बसेका खत्रीलाई पक्राउ गरि आजै प्युठान लगिएको हो । अभियुक्त खत्रीलाई गएको बुधवार स्थानीय अन्दाजी १७ वर्षिय गणेश घर्ती मगरलाई कोदालो प्रहार गरी हत्या गरेको आरोप छ । पीडित परिवारले गणेशको हत्या बिरबहादुर खत्रीले नै गरेको भनी प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

गत बुधबार बिहान खेतमा पानी हाल्न जान्छु भनि घरबाट निस्किएका घर्तिमगर विहिवार साझसम्म घर फर्किएका थिएनन् । विहिवार राती ११ः ३० बजे मृत अवस्थामा खेत भन्दा करिब १५ मिटर टाढा गणेश घर्ती मगरको शब क्षतबिच्छेद अबस्थामा भेटिएको थियो ।

प्रहरी श्रोतका अनुसार अभियुक्तले आफैले हत्या गरेको स्वीकार गरेका छन। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

जनताले नै राजा ल्याउँछन् : कटुवाल

Katwal 27

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका उपत्...