नगर सभापतिको घरमा १४ वर्षिय बालिका झुण्डिएको अवस्थामा फेला

Jhundiyomsns 441x300

काठमाडौं । नेपाली काँग्रेस नगर सभापतिको घरमा १४ वर्षिय बालिका झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

नेपाली कांग्रेस नेता बेलकानगर सभापति सुशील सेडाईको घरमा पढ्न बसेकी बेलका नगरपालिका-४ की राधिका तिमिल्सेना झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

इलाका प्रहरी कार्यालय रामपुरले शुक्रवार ३ बजेको समयमा सेडाईको घरमा बालिकाको मृत्यु भएको जनाएको छ । घरमा पढ्न बसेकी बालिका कोठामा मृत अवस्थामा रहेको भन्ने खबर पाएपछि त्यहाँ पुग्दा झुण्डीएको अवस्थामा फेला परेकी प्रहरीको भनाई छ ।

इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक नवीन सिंहका अनुसार बालिकाको शव पोस्टमार्टमको लागि बेल्टार स्वास्थ्य केन्द्रमा राखिएको छ । बुबा बेपत्ता र आमा वैदेशिक रोजगारीमा रहेकी राधिका विगत २ वर्ष देखि सेडाईको घरमा बस्दै आएकी मृतककी ठुलो बुबा कविराज तिमिल्सेनाले बताए ।

उनी सुत्ने पलङ नजिक डोरीले पासो लगाएको अवस्थामा रहेको मृतकको ठुलो बुबा तिम्सिनाले भने ‘बालिकाको घटना प्रकृति मुचुल्का गर्दा यौनीबाट अलिकति रगत निस्किए र खुट्टाले भुई छोएको अवस्था थियो ।’ बालिकाको आत्मा हत्या नभएर बलात्कारपछि हत्या हुन सक्ने आशंका आफन्तले गरेको छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...