युवकको रहस्यमय मृत्यु, पाटी खान संगै गएका साथी फरार भएपछि...

Murli

जनकपुरधाम । जनकपुरका एक युवकको रहस्यमय मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका १४ रजौल निवासी २८ वर्षका मुरारी यादवको साथीहरुसंग पाटी खान गएको बेला रहस्यमय मृत्यु भएको हो ।

गत मंसिर २६ गते सीताराम विवाहपञ्चमीको दिन उनको आफ्नै साथी गुड्डु भन्ने ललित महतोसंग एउटै मोटरसाईकलमा भोज पाटी खान गएका थिए । तर मुरारीको रहस्यमय मृत्युपछि ललित फरार भएका छन् । यता मुरारीका परिवारजनले मुरारीको लिलतले हत्या गरेको आरोप लगाएको छ ।

पारिवारजनका अनुसार मुरारी र ललित धनुषाधाम तिर एउटै मोटरसाईकलमा घुम्न गएका थिए । मुरारी र ललित धनुषाधाम पुग्दा अघि पुगेका अन्य चारजना साथी श्याम ठाकुर, अमित मण्डल, कमलेश दास र बजिम राईनसंग भेट भयो । भेटपछि मुरारीका साथीहरु अग्रिम योजना अनुसार यादवको हत्या गरेको मुरारीकी बहिनी रुकमिनी यादवको आशंका छ ।

यता उनका साथीहरुले मुरारीको हत्या नभई सवारी दुर्घटनामा ज्यान गएको दावी गरेका छन् । विवाहपञ्चमीका दिन उनका अन्य चारजना साथीहरु विहानै पाटी खान तारापट्टी पुगेका थिए । त्यही पाटीमा सामेल हुन मुरारी र ललित समेत एउटै मोटरसाईकलमा पुगेका थिए । उनीहरु एकठाउँमा भेटेपछि सबै साथीहरु तारापट्टीको एक होटलमा मासु र रक्सी खाएको त्यसै मध्येका श्याम ठाकुरको भनाई छ । खाने क्रममा मुरारीको विवाहको कुरा उठ्यो ।

त्यसपछि कमलेश मण्डलको ससुराली मंगलपुरमा केटी हेर्न जाँने कुरा तय भयो । जाने क्रममा गुडु र मुरारी बाहेक सबै जना अगाडी नै थियो । तरापट्टी भन्दा २ किलो मिटर अगाडी जाँदा गुडु र मुरारी आउन ढिलो भएपछि कमलेश मण्डलले गुडुलाई फोन गर्दा मोटरसाईकल दुर्घटना भएको उनीहरुले बताए । उनीहरुले भने अनुसार मोटरसाईकल दुर्घटना भयो, तर आश्चर्यको कुरा मुरारी सवार मोटसाईकल चालक ललितलाई केही पनि नभएको श्याम ठाकुरले बताए ।

श्याम ठाकुरको अनुसार दुर्घटना भएपछि गम्भीर घाइते भएका मुरारीलाई धनुषाधामको राजाराम यादव पोलिकिलनिकमा उपचार गर्न लगाए । त्यहाँ मुरारीको उपचार सम्भव नभएपछि जनकपुरको समर होस्पिटलमा ल्याउने क्रमममा मृत्यु भएको श्यामको भनाई छ ।

तर मुरारीको घटना पश्चात ललित फरार भएका छन् । अन्य तीनैजना पारिवारको सम्र्पकमै छन् । फरार ललितमाथि पीडित पारिवारले जिल्ला प्रहरी कार्यालय धनुषामा २७ गते कर्तव्य ज्यान मुद्दा दर्ता गराएको छ ।

यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले मुरारीको मृत्यु सम्बन्धमा अनुसन्धान भईरहेका बताए । पोस्टमार्टम रिर्पोट आएपछि गहन रुपले अनुसन्धान गरी दोषी पत्ता लगाउने उपरीक्षक थपलियाको भनाई छ ।

मुरारीको शवलाई जनकपुर अञ्चल अस्पतालमा पोस्टमार्टम गरी शुक्रबार दाहसंस्कार गरिएको छ । परिवारजनले मुरारीको हत्या भएकाले घटनाको सुक्ष्म रुपमा अनुसन्धान गरी दोषीहरुमाथि कार्वाही गर्न माग गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...