मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

Accident

दोलखा । बैतेश्वर गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार साँझ एक युवकको मृत्यु भएको छ ।

दुर्घटनामा परी बैतेश्वर गाउँपालिका–४ ओखरबोटेका १९ वर्षीय जयबहादुर खत्रीको मृत्यु भएको हो ।

च्यानेबाट जिरीतर्फ जाँदै गरेको बा२४प ८१२८ नंको मोटरसाइकल गोलाइ मोड्ने क्रममा दुर्घटना भएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार मोटरसाइकल सिक्दै गरेका खत्रीले खरिखोलाको गोलाई मोड्न नसक्दा मोटरसाइकल रुखमा ठोक्किएर सडकबाट करीब ३२ फिट तल पुगेको थियो । मृतक खत्रीको शव परीक्षणका लागि जिरी अस्पतालमा राखिएको छ ।

प्रतिकृया दिनुहोस