भारतमा भेटिएकै हो त ३३ केजी सुन ?

Gold

काठमाडौं । अबैध बाटो हुँदै नेपालको त्रिभुवन विमानस्थल भित्र्याएर गायब बनाइएको ३३ किलो सुनसहित २ जना नेपाली पक्राउ परेका छन् ।

२०७४ माघ अन्तिम साता दुबई हुँदै भित्रिएको ३३ केजी सुन प्रकरणमा संलग्न भनिएका मोरङको उर्लाबारी निवासी सनम शाक्यको मृत्यु भएको थियो ।

सो सुन प्रकरणमा मुछिएका राकेशप्रशाद शर्मा र हेमप्रकाश शर्मालाई कोलकाता प्रहरीले पक्राउ गरेको छ । उनीहरु सुनसरी जिल्लाको इटहरीका हुन् । उनीहरुलाई भारतीय प्रहरी र त्यहाँको राजस्व अनुसन्धान विभागको असुन्धान टोलीले गत शुक्रबार नै कोलकात्ता–दिल्ली राजमार्गबाट बरामद गरेको थियो ।

सुन तस्करीको छानबिन गर्न गठित समितिका संयोजक तथा गृह मन्त्रालयका सहसचिव इश्वरराज पौडेलका अनुसार नेपालबाट हराएकै परिणामको सुनसहित दुईजना नेपाली पनि पक्राउ परेको कोलकात्तास्थित नेपाली महावाणिज्यदूतावासलाई गराइसकेको छ ।

छानबिन समितिले सो प्रकरणमा ९ प्रहरी अधिकारीसहित ६३ जना भन्दा बढीविरुद्ध जिल्ला अदालत मोरङमा दायर गरेको थियो । सो मुद्दा अहिले पनि अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।

३३ केजी सुन गायव भएको घटनाका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेती जेलमा छन् । सो प्रकरणमा मुछिएका अधिकांस रिहा भइसकेका छन् ।

प्रतिकृया दिनुहोस