काठमाडौंको तापक्रम झर्‍यो ३ डिग्री सेल्सियसमा, आजको तापक्रम यो वर्षकै कम

Chiso badhyo

काठमाडौं । शनिबार देशभरीकै मौसम सफा छ । काठमाडौंको आकास पनि खुल्ला र सफा छ । तर, तापक्रम भने घटेको घट्यै छ ।

शनिबार विहान काटमाडौंमा यो वर्षकै सबैभन्दा चिसो मापन भएको छ । बिहान काठमाडौंको तापक्रम यो वर्षकै कम ३ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार र शुक्रबार बदली भई केही ठाउँमा हल्का वर्षासमेत भयो । यो प्रणाली कमजोर भइसकेकाले शनिबार देशभरीकै मौसम सफा हुने मौसमविद्ले बताएका छन् । मौसम खुला भएपछि न्यूनतम तापक्रम भने घटेर चिसो बढ्नेछ ।

शुक्रबार ३ दशमलव २ डिग्री मापन गरिएको काठमाडौंको तापक्रम शनिबार अझै घटेर कम ३ डिग्री सेल्सियसमा झरेको छ । दिउँसो उपत्यकाको तापक्रम १९ देखि २१ डिग्रीसम्म पुग्ने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभरीकै मौसम सफा भए पनि राति भने पूर्वको मौसम आशिंक बदली हुने संभावना छ ।

अघिल्लो वर्षको पुस १ गते काठमाडौंकोे न्यूनतम तापक्रम २ दशमलब ८ डिग्रीमा थियो । त्यसको अघिल्लो दिनशुक्रबार ३ दशमलब ४ डिग्रीमा पुगेको थियो ।

मौसमविद्हरका अनुसार बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आइतबार र सोमबार पूर्व र मध्य क्षेत्रको मौसम बदली हुनेछ । सामान्यतया राति बादल लागे बिहान न्यूनतम तापक्रम बढ्छ र खुल्ला भए बिहान न्यूनतम तापक्रम बढ्छ । मौसम खुला हुँदा जमिन चिसिने भएकाले बिहानको तापक्रम घट्ने मौसमविद्को भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...