नुवाकोट दुर्घटना : १८ जनाको मृत्यु, १७ घाइते 'तीनको सनाखत'

Nuwakot ghyanfedi accident

नुवाकोट । दुप्चेश्वरमा मिनीट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । १७ घाइते भएका छन् ।

शिखरबेसीबाट घ्याङफेदी सिसिपुतर्फ जाँदै गरेको बा.३ख ३९१३ नम्बरको ट्रक दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी भीमलाल भट्टराईले १८ मृतक र १७ घाइतेको संख्या पुष्टि भए पनि सबैको सनाखत हुन नसकेको बताए ।

शिखरबेसीको सिम्टाङमा मृत्यु भएका आफन्तको घेवा (अन्तिम संस्कार)मा सहभागी भएर फर्किएका तामाङ समुदायका व्यक्ति दुर्घटनामा परेको डिएसपी भट्टराईले बताए । ट्रक कच्ची सडकबाट ५ सय मिटर तल तादीखोलामा खसेको होे ।

अपराह्न साढे ४ बजे दुर्घटना भए पनि उद्धारमा कठिनाइ हुँदा घाइतेहरूलाई अस्पताल पठाउन ढिलाइ भएको थियो । उनीहरूलाई गाउँबाट मिनीट्रकमै हालेर अस्पताल पठाउनुपरेको थियो । बीचबाटोमा पु-याएपछि एम्बुलेन्समा राखेर काठमाडौं पठाइएको दुप्चेश्वर गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले बताए   ।

घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको अध्यक्ष तामाङले बताए । राति अबेरसम्म पनि उद्धार कार्य जारी रहेकाले मिनीट्रकमा यात्रा गर्नेको यकिन संख्या खुलेको छैन । तर, ४० भन्दा बढी दुर्घटनामा परेको अनुमान गरिएको छ ।

तीनको सनाखत
शुक्रबार रातिसम्म तीन मृतकको मात्रै सनाखत भएको दुप्चेश्वर गाउँपालिका अध्यक्ष तामाङले बताए । उनका अनुसार शिखरबेसीका १६ वर्षीय रितेश पण्डित, घ्याङफेदीका ३६ वर्षीय रिबल तामाङ र ३७ वर्षीय आइत तामाङको सनाखत भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...