ध्याङफेदीमा दुर्घटना अपडेट : भेटियो २२ जनाको शव

Ghyang fedi

काठमाडौं । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा मिनिट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २२ पुगेको छ । अझैं केही हराइरहेका छन् ।

दुप्चेश्वर गाउँपालिका वडा नं. ७ शिखरवेशीमा तामाङ समुदायको घ्यावा खान आएका स्थानीयहरु घ्यावा खाएर जाँदै गर्दा घ्याङडाँडाँमा बा३ख ३९१३ नम्बरको आइचर ब्याक गर्ने क्रममा दुर्घटना भएको थियो ।

स्थानीय लालबहादुर तामाङका अनुसार दुप्चेश्वर गाउँपालिका वडा नं. १ को घ्याङफेदीमा आइचर दुर्घटना हुँदा २२ जनाको शव भेटिएको छ । सो घटनामा परी १४ जना घाइते भएका छन् । अन्यको खोजी कार्य जारी छ ।

घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय समुद्रटारका इन्चार्ज ज्ञनलाल यादवका अनुसार ट्रक भीरमा झण्डै सात सय मिटर तल खसेको छ । सो घटनामा परेकाहरुको उद्धार कार्य चलिरहेको छ ।

दुप्चेश्वर गाउँपालिका उपाध्यक्ष अञ्जु आचार्यका अनुसार साँझको समय भएकाले घटनाको विवरण आउन सकेको छैन । तथापि स्थानीयले ३० जना भन्दा बढीको मृत्यु भएको खवर सुनाइरहेको उनले बताइन् । यसको आधिकारिक पुष्टि भने भइसकेको छैन ।

अहिले उद्धारका लागि शशस्त्र प्रहरीको साथमा नेपाली सेना,प्रहरीको टोली गएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । घटनातर्फ करिव १० एम्बुलेन्ससमेत गएको छ । 

प्रतिकृया दिनुहोस