नुवाकोटको ध्याङफेदीमा आइचर दुर्घटना, ठूलो संख्यामा मानवीय क्षती भएको आशंका

Accident

काठमाडौं । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा मिनिट्रक दुर्घटना भएको छ । दुप्चेश्वर गाउँपालिका वडा नं. १ को घ्याङफेदीमा आइचर दुर्घटना हुँदा ठूलो संख्यामा हताहती भएको आशंका गरिएको छ ।

गाउँपालिकाको वडा नं ७ शिखरवेशीमा तामाङ समुदायको घ्यावा खान आएका स्थानीयहरु घ्यावा खाएर जाँदै गर्दा गाउँपालिकाको सावकको वडा नं. ४ को घ्याङडाँडाँमा आइचर ब्याक गर्ने क्रममा दुर्घटना भएको थियो ।

अल्फाबेट नखुलेको ३९१३ नम्बरको सो आइचर करिव ३ सय मिटर तल खोलामा पुगेको दुप्चेश्वर गाउँपालिकाको तामाङ युवा संघका संयोजक लालबाबु तामाङले बताए । उनले भने सो दुर्घटनामा परी करिव ३० जनाको मृत्यु भएको बताएका छन् ।

दुर्घटनामा मानवीय क्षति भएको पनि आशंका गरिएको छ । घटनाबारे जानकारी पाएपछि प्रहरी टोली दुर्घटनास्थलतर्फ गएको छ । दुर्घटनास्थल पुग्न सदरमुकाम विदुरदेखि साढे ३ घण्टा समय लाग्छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...