निर्दोष डाइभरले ३७ लाख बुझाउनुपर्यो

Main 467x300

काठमाडौं । साउदी अरबमा सवारी चालकको काम गर्न गएका बुद्धशान्ति गाँउपालिका ४ झापाका प्रशान्त लिम्बुले ब्लडमनि बापत ३६ लाख ८१ हजार रुपैयाँ बुझाएर बिहीबार राति स्वदेश फर्केका छन् ।

साउदी अरबस्थित कराम अल खालिजा फर ब्लक एण्ड प्रिकास्टिङ कम्पनीले गाडीको तेस्रो पक्षको बिमा नगर्दा र लाइसेन्स उपलब्ध नगराउँदा लिम्बुले ब्लडमनि बुझाउनु परेको हो ।

उनले चलाएको गाडीमा ठोकिदाँ एक साउदी नागरिकको मृत्यु भएको थियो । अदालतले लिम्बुको ७५ प्रतिशत गल्ती देखाएको थियो । ‘कम्पनीको बदमासीले गर्दा म फसेँ,’ उद्धारमा संलग्न प्रवासी नेपाली समन्वय समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा लिम्बुले भने,‘गाडीको तेस्रो पक्षको बिमा थिएन । म1लाई लाइ1सेन्स दिएन । जबर्जस्ती गाडी चलाउन बाध्य पारियो ।’ उनले लाइसेन्सबिना काम गर्ने अडान राख्दा कम्पनीले ३० हजार रियाल माग गरेको थियो ।

‘३० हजार रुपैयाँ बुझाउन सकिनँ,’ उनले भने,‘त्यो बुझाउन नसक्दा गाडी चलाउनुपर्यो ।’ लिम्बुको उद्धारको लागि प्रवासी नेपाली समन्वय समितिले १५ लाख ४४ हजार, प्रेम बचाउ अभियान मुल समिति १५ लाख, प्रशान्त लिम्बु देश फर्काउ अभियान झापाले ५ लाख, किरात याक्थुङ चुम्लुङले ८० हजार रुपैयाँ र प्रशान्त लिम्बु देश फर्काउ अभियान ताप्जेजुङले ५६ हजार रुपैयाँ संकलन गरी परराष्ट्र मन्त्रालय बुझाएको थियो । ‘मेरो उद्धारको लागि सहयोग गर्नेहरुप्रति मनदेखि धन्यवाद दिन चाहन्छु । मेलै दोस्रो जीवन पाँए’उनले भने ।

लिम्बु २०७३ साउन २६ गते रोभ इन्टरनेशनल म्यानपावर मार्फत साउदी गएका थिए । साउदी गएको ९ महिनापछि अर्थात २९ अप्रिल २०१७ मा दुर्घटना भएको थियो । दुर्घटनापछि उनी ८ महिना जेल बस्नुपरेको थियो । अदालतले माग गरेको बमोजिम ब्लडमनि तिरेपछि मात्रै लिम्बु नेपाल आउन सम्भव भएको प्रवासी नेपाली समन्वय समिति अध्यक्ष कुलबहादुर कार्कीले बताए ।

‘साउदीमा कम्पनीको लापरबाहीको कारण धेरै निर्दोष डाइभरहरु फसेका छन् । उनीहरुलाई उद्धार गर्ने प्रयास जारी छ,’ उनले भने, ‘लिम्बुपछि अब भुपाल बस्नेतलाई उद्धार गर्न केन्द्रित हुनेछौं ।’ भुपाल पनि जेलमा छन् । झन्डै २० लाख रुपैयाँ बुझाएपछि मात्रै भुपाल स्वदेश फिर्न पाउने छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...