दाङको गुराँसेमा आगलागी हुँदा ३ जना बालबालिकाको मृत्यु

Aago lagi

दाङ । दाङको बंगलाचुली गाउँपालिका–८ गुराँसेमा घरमा आगलागी हुँदा ३ जनाको जलेर मृत्यु भएको छ । नवराज पुनको घरमा आगलागी हुँदा उनका एक छोरा र दुई छोरीको जलेर मृत्यु भएको हो ।

बिहीबार साँझ ६ बजेको समयमा नवराज पुनको दुइ तले फुसले छाएको कच्ची घरमा आगलागी भएको हो ।

बिहीबार बेलुकी सोलारको ब्याट्री पड्केर दुई तले काठको घरमा आगलागी हुँदा घरभित्र रहेका पुनका ७ वर्षका छोरा कृष्णबहादुर तथा छोरीहरु ५ वर्षकी अस्मिता र साढे २ वर्षकी अन्जुको मृत्यु भएको हो ।

एक छोरा र दुई छोरीलाई घरमै सुताएर झारफुक गराउन नवराजकी श्रीमती जीवना पुन गाउँ गएकी थिइन् । एक वर्ष ४ महिनाका छोरा बिरामी भएका कारण झारफुक गराउन गएको बेला सोलारको ब्याट्री पड्किएर आगलागी हुँदा घरमा सुतेका उनीहरुका एक छोरा र दुई छोरीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगोमा परेर ७ वटा बाख्रा र चार वटा गाईसमेत जलेर गरेका छन् । आगो स्थानीय बासिन्दा र प्रहरीले राती १२ बजे नियन्त्रणमा लिएका थिए ।

प्रतिकृया दिनुहोस