पाल्पाको आर्गिडाँडा ओढारेमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

Accident

पाल्पा । पाल्पाको आर्गिडाँडा ओढारेमा जीप दुर्घटनामा चालकसहित ५ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् ।

पाल्पाको पूर्वखोला गाँउपालिकाको जल्पाबाट बहादुरपुर जाँदै गरेको लु १ ज २६५३ नम्बरको जीप आर्गिडाँडा ओढारे भन्ने स्थानमा बिहीबार राती दुर्घटना हुँदा चालक २२ वर्षीय वीरेन्द्र रानासहित ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

पाल्पाको पुर्वखोला–२ ओढारे भिरमा दुर्घटना हुँदा माथागढी गाउँपालिका–८ का ७१ वर्षीय रेवत बहादुर जिसी, ४१ वर्षीया बुमाकुमारी दर्लामी, ३२ वर्षीया यानिसरा गाहा, २४ वर्षीया कुनिसरा रुचाल र जीप चालक २० वर्षीय बिरेन्द्र रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

वडा अध्यक्ष निरबहादुर सारुका अनुसार दुर्घटनामा परि घाइते भएकालाई राती नै उपचारका लागि सदरमुकाम तानसेन पठाइएको थियो । दुर्घटनामा घाइते हुनेहरुमा माथाँगढी ८ कै ४० वर्षीय सुरेन्द्र मश्राङ्गी, ४० वर्षीय देवसिंह राना, २६ वर्षिया शान्ता रुचाल र उनकी ३ वर्षीया छोरी रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको लुम्बिनी मेडिकल कलेज तानसेन प्रभासमा उपचार भइरहेको छ । घाइतेमध्ये शान्ता रुचालको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् ।

जीप सडकबाट करिब ५ सय मिटर तल खसेको थियो । रातीको समयमा जीप दुर्घटना भएकाले घाइतेहरु भीरमै अड्किएको हुनसक्ने प्रहरीको अनुमान छ । घाइतेको उद्धारमा लागि विहानैदेखि स्थानीय जुटेका छन् ।

रातिको समय, कच्ची सडक र दुर्घटनास्थल भीर भएका कारण ठूलो क्षति भएको पाल्पा प्रहरीले जनाएको छ । घटनास्थल सदरमुकाम तानसेनबाट ६० किलोमिटर पूर्व दक्षिण रहेको छ । मृतकको शव पोष्टमार्टमका लागि  जिल्ला अस्पतालमा ल्याइएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...