गृहमन्त्री भन्छन् द्रुतमार्गको जग्गाको मुआब्जा वृद्धि गर्दा देशभर असर पर्छ

Badal

कठमाडौं । काठमाडौं-निजगढ द्रुतमार्गको जग्गाको मुआब्जा वृद्धि गर्न नसकिने गृहमन्त्री रामबहादुर थापाले स्पष्ट पारेका छन् ।

सो द्रुतमार्गको प्रस्थान विन्दु खोकना र बुङमतीका स्थानीयले जग्गाको उचित मुआब्जाको व्यवस्था गर्न माग गर्दै आन्दोलन गरिरहेका बेला गृहमन्त्री थापाले जग्गाको मुआब्जा वृद्धि गर्न नसकिने स्पष्ट पारेका हुन् ।

बिहीवार संघीय संसद राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले राज्यले तय गरेको मापदण्ड अनुसार नै खोकना र बुङमतीको जग्गाको पनि मुआब्जा वितरण गरिएको उल्लेख गर्दै त्यसमा पुनर्विचार गर्न नसकिने बताए ।

सो जग्गाको मात्रै मुआब्जा वृद्धि गर्दा देशभरका अन्य जग्गाको पनि मुआब्जा वृद्धि गर्नुपर्ने भएकाले पनि यसका पुनर्विचार गर्न सक्ने अवस्था नरहेको गृहमन्त्री थापाको भनाई छ ।

गृहमन्त्री थापाले खोकना र बुङमतीको जग्गाको मुआब्जा वृद्धि गर्न सरकारले तोकेको मापदण्ड मै पुनर्विचार गर्नुपर्ने पनि स्मरण गराए ।

प्रतिकृया दिनुहोस