बलात्कार घटनाका २ अभियुक्त फेरि पक्राउ, १ जना अझै फरार

Aaaa

ललितपुर । गोदामचौरमा भएको सामूहक बलात्कार घटनाका २ अभियुक्त पक्राउ परेका छन् ।

यसअघि जिल्ला अदालतको आदेशले तारेखमा छुटेका उनीहरुलाई उच्च अदालतले थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाको विशेष टोलीले घटनाका अभियुक्त गोदावरी नगरपालिका गोदामचौरका २१ वर्षिय विशालध्वज कार्की र अर्का २१ वर्षिय पवन कुँवरलाई बुधबार पौने २ बजे ललितपुरको गोदावरीबाट पक्राउ गरेको हो ।

यसअघि गत वर्ष पुस २६ गते उनीहरुलाई जिल्ला अदालतले तारेखमा छाड्न आदेश दिएको थियो ।

तर उच्च अदालत पाटनले गत वर्षकै पुस २५ गते उनीहरुलाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्न आदेश दिएको थियो । उक्त घटनामा रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई प्रतिवादी बनाइएको थियो ।

त्यसमध्ये सिलवाल पक्राउ परेका छैनन् । ‘गोदामचौर-क’ लाई २ मंसिर २०७४ मा माइतीबाट फर्किरहेका बेला अभियुक्तहरूले सामूहिक बलात्कार गरेका थिए ।

३ मंसिरमा तोरीबारीमा अचेत अवस्थामा फेला परेकी उनको टाउकोमा ढुंगा प्रहार गरिएको थियो । पीडितको हात र टाउकोमा गरी ३० भन्दा बढी टाँका लगाइएको छ ।

ज्यान मार्ने उद्योग, सामूहिक बलात्कार र चोरी मुद्दाका अभियुक्तहरूलाई ललितपुरका जिल्ला न्यायाधीश बालमुकुन्द दवाडीको एकल इजलासले साधारण तारेखमा रिहा गरेको थियो । त्यसपछि उनीहरू फरार थिए । ज्यान मार्ने उद्योग र सामूहिक बलात्कारको मुद्दामा साधारण तारेखमा छोड्न नमिल्ने कानूनी व्यवस्था रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...