वाइड बडी अनियमिता छानविन समिति भयो सक्रिय

White 516x300

काठमाडौं । वाइड बडी विमान खरिद प्रकरणको अनियमिता छानविन गर्न बनेको संसदीय सार्वजनिक लेखा समिति सक्रिय बढाएको छ ।

वाइड बडीमा भएको अनियमिता छानविनको लेखा समितिले ७ सदस्यीय उपसमिति गठन गरेको छ ।

समितिको बुधबारको बैठकले नेपाली कांग्रेस सांसद राजन केसीको संयोजकत्वमा उपसमिति बनाएको हो । लेखा समितिले त्यससम्बन्धी प्रतिवेदन तयार पार्न उपसमितिलाई १५ दिनको म्याद दिएको छ ।

नेपाल वायुसेवा निगमले जेठ र असारमा ठूलो आकारको २ वटा जहाज (वाइड बडी) खरिद गरेको थियो । निगमले जहाज ल्याएलगत्तै खरिद प्रकिया नियम विपरित गरिएको भन्दै विवादित बनेको छ ।

जहाज खरिद प्रकरण चर्किदै गएपछि लेखा समितिले त्यसमा छानविन थालेको हो । जहाज खरिद प्रकृयाबारे समितिले पर्यटन मन्त्री रवीन्द्र अधिकारीलाई सोधपुछ गरिसकेको छ ।

समितिका सभापति भरतकुमार साहले जहाज खरिद प्रकृयाबारे सम्बन्धित विभिन्न पक्षसँग अनुसन्धान भइरहेको जानकारी गराए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...