गाउँपालिकाको केन्द्र सार्न मतदान, ४२ मत खस्दा १ मत बदर

Matdan gardai

प्युठान । गाउँपालिकाको केन्द्र सार्ने विवाद बल्ल टुंगिएको छ । झिमरुक गाउँपालिका मच्छि प्यूठानको केन्द्र निर्वाचन गरेर टुंग्याइएको हो ।

केन्द्र सार्न लामो समयदेखि प्रयास हुँदै आएको थियो । शनिबार बसेको विशेष गाउँ सभामा दुईतिहाई मतले वडा नं. ४ स्थित ओखरकोटको भेउतेमा गाउाँपालिका केन्द्र तोकेको छ ।

भेउतेमा केन्द्र सार्ने पक्षमा २८ र वडा नं. ७ स्थित तुषारा पिडाल्नेमा केन्द्र राख्ने पक्षमा ४ मत मात्रै खसेको थियो । गाउँपालिका अध्यक्ष तिलकजिसीका अनुसार ४२ मत खसेमा एक मत बदर भएको छ । ९ जना मतदाताले भने मतदान प्रक्रियामा भाग नै लिएनन् ।

लामो समयदेखि केन्द्र कहाँ राख्ने भन्ने छलफल र बहस चले पनि टुंगिन सकेको थिएन । तर, शनिबारको मतदानले भने केन्द्र सार्ने विवाद समाधान गरेको छ । मतदानबाट टुंगिएको केन्द्र मच्छि–बांगेफेदी–पुर्कोटदह (गुल्मी) सडक खण्ड नजिकै पर्छ ।

भेउतेमा केन्द्र राखिने भएपछि यहाँका ५ जनाले गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्न साँढे ९ रोपनी क्षेत्रफलको जग्गा निःशुल्क दिने घोषणा गरेका छन् । जग्गा प्राप्त हुने भएपछि सो जग्गालाई गाउँपालिकाको नाममा सार्ने प्रक्रिया चाडै अघि बढाइने अध्यक्ष जिसी बताउँछन् ।

भाडामै संचालित गाउँपालिका कार्यालयमा दैनिक प्रशासनिक काम गर्न समस्या हुँदै आएको थियो । साँघुरो कोठामा दैनिक कार्य सम्पादन भइरहेको कर्मचारहिरुले गुनासो गर्दै आएका थिए ।

यसैबीच झिमरुक गाउँपालिका वडा नं. ३ को वडा केन्द्र र जग्गाको छनोटका लागि शनिवार बसेको सभामा प्रस्तुत गरिएको थियो । सभाले उक्त प्रस्तावलाई अस्विकार गरेको छ । केन्द्र र जग्गाको विषयमा २६ सदस्य मात्रै पक्षमा भएपछि बहुमत नपुगेको भन्दै प्रस्ताव रोकिएको गाउँपालिकाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...