दुई युवा समूहबीच कुटाकुट, हेलिकप्टर मार्फत दुई लार्इ काठमाडौं ल्याइयो

Palpa 400x300

पाल्पा । रामपुर नगरपालिकामा दुई युवा समूहबीच कुटाकुट हुँदा घाइते भएका छन् ।

बेझाँडमा भएको कुटाकुटमा समसूहक मिया र सहदत हुसेन घाइते भएका हुन् । घाइते दुवैलाई उपचारका लागि हेलिकप्टरमार्फत मेडिसिटी अस्पताल काठमाडौं ल्याइएको छ ।

सहदत हुसेनको टाउको र समसूहक मियाको कानमा चोट लागेको छ । सामान्य कुरामा विवाद हुँदा कुटाकुट भएको थियो ।

घाइते दुवैको अवस्था सामान्य रहेको तर पारिवारिक दवावका कारण उनीहरुलाई काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।

बिहान साढे ८ बजेको समयमा रानपा(५, बेझाड सहकारी पथमा स्थानीय ३९ वर्षिय समसुहक मिया र ३२ वर्षिय सहदत हुसेनलाई ३५ वर्षिय अशोक श्रेष्ठ, २१ वर्षिय अमृत श्रेष्ठ र २४ वर्षिय चन्द्र श्रेष्ठले कुटपिट गरेको बताइएको छ ।

प्रतिकृया दिनुहोस