ट्रान्सफरमेसन नेपालको सुधारगृहबाट २१ व्यक्तिको उद्धार, सन्चालक पक्राउ

Aaaa

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले सुधारगृहबाट २१ व्यक्तिको उद्धार गरेको छ ।

काठमाडौं महानगरपालिका-४, सुकेधारामा सन्चालित ट्रान्सफरमेसन नेपालको सुधारगृहबाट उनीहरुलाई उद्धार गरिएको हो ।

सुधारगृहमा रहेकालाई चरम यातना दिएको आरोपमा परिसरको टोलीले त्यसका सन्चालक सन्तोष घिमिरे र कर्मचारी समित मल्ललाई पनि पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको परिसरले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो ।

परिसरका प्रमुख वसन्त लामाले मदिरा र लागुऔषध दुुव्यर्सनमा फसेका व्यक्तिलाई राख्नका लागि खोलिएको सुधारगृहमा सुधार गर्नुुभन्दा पनि यातना दिइएपछि सन्चालकलाई पक्राउ गरी त्यहाँ राखिएका व्यक्तिलाई उद्दार गरिएको जानकारी दिए ।

‘सुधारगृहमा रहेका ३४ व्यक्तिमध्ये १३ जना भागेर प्रहरीको शरणमा आएर आफूले सुधारगृहमा भोग्नुुपरेका समस्या राखेपछि र उनीहरुको परिवारले सन्चालकलाई कारबाही र सुुधारगृहमा रहेकालाई उद्धार गरी पाऊँ भन्ने निवेदनका आधारमा बाँकी २१ जनालाई बिहीबार उद्धार गरेका हौं’–उनले भने–‘उद्धार गरेका सबैलाई परिवारको जिम्मासमेत लगाइसकिएको छ ।’

‘प्रतिव्यक्ति मासिक ३५ हजारका दरले एक वर्षको एकैपटक पैसा लिने र अभिभावकलाई भेट्न नदिइ विभिन्न किसिमका शारीरिक तथा मानसिक यातना दिने गरेको अनुुसन्धानबाट खुलेको छ’–प्रमुुख लामाले भने–‘अभिभावक गम्भीर नबनेका कारण यस्तो घटना घटेको हो ।’

पाँच वर्षपहिले कपनमा सन्चालमा रहेको उक्त सुधारगृह दुुई वर्षदेखि सुुकेधारामा सन्चालित छन् ।

पक्राउ परेका सन्चालकलाई अपराध संहिता ऐनको १६८ दफाअनुुसार कारबाही गरिने परिसरले जनाएको छ ।

प्रतिकृया दिनुहोस