दुर्लभ हिमाली गिद्ध मृत फेला

Durlav gidhdha

दाङ । विश्वमै दुर्लभ भएको हिमाली गिद्ध दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नं. ५ जङग्रहवामा मृत अवस्थामा फेला परेको छ ।

दुर्भभ मानिएको सो गिद्ध विजुलीको तारमा ठोकिएर मरेको हुनसक्ने बन्यजन्तु अनुसन्धानकर्ता चिरनजिबी खनालले बताए ।

जाडो मौसममा हिमालतिरको चिसो छल्न हिमाली गिद्धहरु तराइ झर्ने गर्दछन् । जाडोको समयमा तराईमा आउने र विजुलीको पोलको वास्ता नगर्ने गरेका कारण ठोक्किएर मर्ने गरेको पाइएको छ । त्योबाहेक प्रतिबन्धित डाईक्लोफिनेक नामक औषधी प्रयोग गरिँदा पनि गिद्ध मर्ने गरेको मापइएको अनुसन्धानकर्ताहरु बताउँछन् ।

नेपालमा ९ प्रजातीका गिद्ध छन् । नेपालमा गिद्ध संरक्षणको लागि ७ वटा जटायु रेस्टुरेन्ट खोलिएका छन् । जसमध्ये २ वटा दाङमा छन् । यसैगरी एउटा गिद्ध प्रजनन केन्द्र चितवन रास्ट्रिय निकुन्जमा स्थापना भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...