महिला हिंसा अन्त्यका लागि समाज जागरुक बन्नुपर्नेमा जोड

Hri shreepaili news

महेन्द्रनगर । संविधानसभाका सभासद् हरी श्रीपाईलीले समाज जागरुक र शिक्षित नभएसम्म हिंसा अन्त्य नहुने बताएका छन् ।

जिल्ला मुक्ति हलिया समाज कञ्चनपुरले बिहीबार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आयोजना गरेको कार्यक्रममा सभासद् श्रीपाइलीले हिंसा अन्त्यका लागि सबैले म हिंसा गर्दिन भन्ने प्रण बोकेर हिड्नुपर्ने बताए ।

‘समाजमा अहिले पनि हिंसाका कुरा आउँछन्, असमानतताका कुरा आउँछन्, संविधाननमा समानताको कुरा अघि सारिएको छ’ श्रीपाइलीले भने, ‘समाज जागरुक, शिक्षित र चेतनशील नभएसम्म हिंसा अन्त्य हुँदैन ।’

समाजका जिल्ला अध्यक्ष शिवी लुहारको सभापतित्वमा गरिएको कार्यक्रममा बेदकोट नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष गणेशबहादुर बिक, हेविटेट नेपालका साजन महर्जन, महिला नेतृ अनिता नेपाली, रुमला विक, शान्ति सार्की लगायतले महिलाहरु आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रमा सशक्त भएमा हिंसा रोकिने बताए ।

समाजका लक्ष्मी विकले सञ्चालन गरेको कार्यक्रममा मुक्त हलिया समाज महिला विभाग प्रमुख सन्जु नेपालीले स्वागत मन्तव्य राखेकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...