लोकन्थलीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

Accident

भक्तपुर । भक्तपुरको लोकन्थलीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको बा९३प १४१९ नंको मोटरसाइकल मध्यपुरथिमि नपा १ लोकन्थलीस्थित अरनिको राजमार्गमा अनियन्त्रित भई सडक छेउको रेलिङमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक जुगल गाउँपालिका ४ का २३ वर्षीय कुमार श्रेष्ठको बिहिबार मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २५ वर्षीय राजकुमार श्रेष्ठ भने घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

घाइते श्रेष्ठको नागरिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...