स्वतन्त्र मधेशको माग गर्ने सिके राउत कारागार चलान

Ck raut

काठमाडौं । स्वतन्त्र मधेशको माग गर्दै आएका डा. सिके राउत पुर्पक्षको लागि जेल चलान भएका छन् । असोज २१ गते रौतहटको गौरबाट पक्राउ परेका राउत रौतहट जिल्ला अदालतको आदेशमा पुर्पक्षको लागि जेल चलान भएका हुन् ।

बिहीबार जिल्ला न्यायधीश अम्विकाप्रसाद निरौलाको इजलासले पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो । अदालतको आदेशसँगै उनलाई कारागार चलान गरिएको छ ।

राज्य विरुद्धको सांगठनिक अपराध कसुर अन्र्तगत पक्राउ गरी अनुसन्धानपछि प्रहरीले उनलाई अदालतमा पेश गरेको थियो । यसअघि २१ असोजमा उनी रौतहटबाट पक्राउ परेका थिए । उनको परिवारले १२ कात्तिकमा सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए ।

प्रहरीले राउतलाई जिल्ला अदालतबाट फर्कँदै गर्दा पक्राउ गरेको थियो । पुरानो मुद्धाको शिलशिलामा रौतहटस्थित जिल्ला अदालतमा हाजिर हुन आएका बेला उनी पक्राउ परेका थिए ।

तर, सर्वोच्चले राउतलाई रिहा गर्न परेको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेपछि उनलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो । यसअघि उनी पक्राउ पर्दै छुट्दै गर्ने गरेका थिए ।

यसअघि सर्वाेच्च अदालतले राउतसँग भएको पेन ड्राइभ माग्ने निर्णय गरेको थियो । राज्यविरुद्ध विप्लव मुद्दामा जिल्ला अदालत रौतहटले राउतलाई बन्दी प्रत्यक्षीकरणको रिटमा मुद्दामा पेन ड्राइभ महान्यायाधिवक्तामार्फत उपलब्ध गराउन माग गर्ने निर्णय भएको थियो ।

मंसिर १२ गतेको पेशी तोकी मुद्दामा प्रमाणका रुपमा पेन ड्राइभ उल्लेख भएको र पेन ड्राइभ उपलब्ध गराई हेर्ने व्यवस्था मिलाउन पनि सर्वोच्चले भनेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...