पुल्चोकको मन्त्री क्वाटरमा राजकीय अतिथी गृह बन्ने

भैसेपाटीमा राष्ट्रिय सभाका अध्यक्षदेखि मुख्यमन्त्रीसम्मलाई ४१ वटा भवन बनाइने

Gokul baskota

काठमाडौं । सरकारले केही समयअघिदेखि मन्त्रीपरिषदको बैठक बसेको ४ दिनपछि मात्रै सार्वजनिक गर्ने गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक भएको छ ।

मन्त्रिपरिषद् बैठकले ललितपुर महानगरपालिका भैंसेपाटीस्थित सैबु आवास क्षेत्रमा छुट्याइएको १ सय ४९ रोपनी चार आना जग्गामा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, उपसभामुख र मन्त्रीका लागि २७ वटा आवास भवन साथै प्रदेश प्रमुख र मुख्यमन्त्री आवासका लागि १४ वटा भवन बनाउने निर्णय गरेको छ ।

सो बैठकले ललितपुरको पुल्चोकस्थित अहिले मन्त्री निवास रहेको परिसरमा १० वटा राजकीय अतिथी गृह निर्माण गर्ने निर्णयसमेत गरेको छ ।
बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषदले १० वटा निर्णग गरेको जानकारी दिए ।

पुल्चोकमा रहेका मन्त्री निवासका १० वटा भवनलाई राजकीय अतिथि भवन बनाउनका लागि जग्गा अभाव भएमा राष्ट्रिय पुस्तकालय छेवैमा रहेको सरकारी जग्गासमेत उपयोग गर्न सकिने निर्णय छ ।

मन्त्रिपरिषद बैठकले नेपाल भारत एकीकृत भन्सार जाँच चौकी वीरगञ्जको स्थापना गर्दा विस्थापित भएर घरबारविहीन हुन पुगेका परिवारलाई प्रति परिवार एक लाख ५० हजार रुपैयाँ र यसअघि मुआब्जा पाएर पनि बसोबासको व्यवस्था गर्न नसकेका परिवारलाई प्रति परिवार एक लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषदका निर्णयहरूमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई युनिभर्सल पिस फेडेरेसनबाट गुड गभरनेन्स अवार्डमा प्राप्त एक लाख अमेरिकी डलरमा सोही बराबर रकम नेपाल सरकारले थप गरी शान्ति सुशासन नवप्रवर्तन वैज्ञानिक खोज अनुसन्धान तथा विकासका क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने प्रतिभाशाली युवा तथा अन्य व्यक्तिलाई प्रोत्साहन तथा हौसला प्रदान गर्ने उद्देश्‍यले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना गर्ने निर्णय सरकारले गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...