निर्मलाको न्यायका लागि दाङमा प्रदर्शन

Dang pradarsan

दाङ । कञ्चनपुरकी निर्मला पन्तको न्याय माग्दै दाङको लमहीमा प्रदर्शन गरिएको छ ।

निर्मला पन्तको हत्यापछि सरकारले न्याय दिन नसकेको भन्दै यतिबेला देशभर बिरोध प्रदर्शन भइरहेका बेला दाङबासीले पनि निर्मलाको न्यायका लागि ऐक्यवद्धता जनाउँदै प्रदर्शन गरेका हुन् ।

बिहीबार दाङको देउखुरी बहुमुखी क्याम्पसका विद्यार्थीले निर्मला पन्तको हत्याकाण्ड प्रति न्यायिक पहलको लागि दाङको लमहीमा बृहत प्रदर्शन गरेका छन् । नव गठित नेपाल विद्यार्थी संघ क्याम्पस ईकाइ समितिको आयोजनामा भएको सो प्रदर्शनमा सहभागीहरुले ‘सरकार भेटियो तर, न्याय भेटिएन, निर्मलाले कहिले हो न्याय पाउने ?’ प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा उत्रिएका विद्यार्थीले ‘निर्मला पन्तको बलात्कारी हत्यारालाई फाँसी दे’ भन्दै सरकारविरुद्ध चर्को नाराबाजीसमेत गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...