पन्तको न्याय माग गर्दै बृहत् महेन्द्रनगर प्रदर्शन

Julus

महेन्द्रनगर । कञ्चनपुरमा निर्मला पन्तको न्यायको माग गर्दै बृहत् प्रदर्शन गरिएको छ ।

नागरिक संघर्ष समितिले घोषणा गरेको चार दिने कार्यक्रम अन्तरगत बिहीबार महेन्द्रनगरमा वृहत् प्रदर्शन गरिएको हो ।

समितिको निर्धारित कार्यक्रम अनुसार बिहीबार मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरिएको नागरिक संघर्ष समितिका संयोजक मिना भण्डारीले बताइन् ।

उनले निर्मलाको न्यायका लागि आफूहरुले सुरुआतदेखि नै आन्दोलन गर्दै आएको बताउँदै सरकारले दोषीलाई जोगाउन निर्दोष व्यक्तिलाई फसाउन नपाउने बताए ।

पछिल्लो समय संघर्ष समितिले घोषणा गरेको चार दिने आन्दोलन सरकारलाई दबाबमूलक भएको बताउँदै आन्दोलनका आउँदा कार्यक्रम छलफलपछि निर्धारण हुने उनले बताए ।

चोक चोकबाट सुरु गरिएको मानव साङ्लोसहितको प्रदर्शन पछि गएर र्‍यालीमा परिणत भएको थियो । प्रदर्शनमा विभिन्न विद्यालय तथा क्याम्पसका शिक्षक विद्यार्थी, अधिकारकर्मी लगायत सर्वसाधारणको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...