काठमाडौंको तापक्रम ५.६ डिग्री पुग्यो, जुम्लामा माइनस ४ डिग्रीसम्म

Chiso badhyo

काठमाडौं । काठमाडौं उपत्यकामा यस वर्षकै जाडो भएको छ । बुधबारको तुलनामा काठमाडौंमा चिसो बढ्दै पनि गएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान साढे ६ बजेको रेकर्डअनुसार काठमाडौंको न्युनतम तापक्रम ५.६ डिग्री सेल्सियस पुगेको छ । उपत्यकामा बुधबार बिहानको तापक्रम ६ डिग्री थियो ।

अहिले सबैभन्दा कम तापक्रम जुम्लामा माइनस ४ डिग्री पुगेको छ । त्यसैगरी जोमसोममा माइनस जिरो दशमलव २ डिग्री छ ।

मौसमविदहरुले तापक्रम घट्ने र जाडो बढ्ने क्रम अझै जारी रहने बताएका छन् । मौसमविदका अनुसार मध्य र पश्चिम पहाडका उच्च भागका केही स्थानमा हल्का पानी पर्ने सम्भावना पनि छ । साथै उच्च हिमाली भागमा हिमपात हुने छ ।

देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदलि रहि उच्च हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपात र पश्चिमि र मध्य पहाडि भेगका केही स्थानमा हल्का वर्षा हुने संम्भावना छ ।

शुक्रबार दिउँसो भने देशका पूर्वी पहाडी भू–भागमा आंशिक बदली रही अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ । पूर्वी उच्च हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपात र पहाडी भेगका केही स्थानमा ह्ल्का बर्षा हुने सम्भावना छ । राती आंशिक बदली रही अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ ।

शनिबार दिउँसो पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य स्थानहरुमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाको तीन दिने बुलेटिनमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...