‘मानव तस्करीमा सहयोगी’ बनेको आरोपमा राजदूत शेर्पामाथि छानबिन सुरु

Lakki sherpa

काठमाडौं । चौतर्फी विरोधपछि ‘मानव तस्करीमा सहयोगी’ बनेको गम्भीर आरोप लागेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि छानबिन सुरु भएको छ ।

कांग्रेसले घटनाबारे तत्कालै छानविन, छानविनका लागि तत्काल परराष्ट्र मन्त्रालयमा शेर्पालाई उपस्थित गराउन र दोषी ठहरिए बर्खास्त गर्ने कदम चाल्न समेत सरकारको ध्यानकर्षण गराएको थियो । सोसँगै सरकारले राजदूत शेर्पामाथि लागेको आरोपबारे छानविन थालेको हो ।

शेर्पामाथि परराष्ट्र मन्त्रालयले छानबिन थालेको छ । सरकारले दूतावासलाई पत्र पठाएर सबै कामकारवाहीको विवरण मागेको छ । नियोग उपप्रमुख र अन्य अधिकारीमार्फत पनि छानबिन भइरहेको छ ।

राजदूत शेर्पालाई उनकै सहयोगी वाङ्छु शेर्पाले मानव तस्करीको आरोप लगाएका थिए । वाङ्छु राजदूतकै सवारी चालक थिए । राजदूतले पैसा लिएर मान्छे लैजाने धन्दा चलाएको आरोप उनको छ ।उनले राजदूत र उनका पतिले अमेरिका पठाइदिने भन्दै आफूसँग २२ लाख रकम लिएको बताएका छन् । अमेरिकाको भिसा नलागेपछि राजदूत दम्पतीले थप १० लाख रुपैयाँ लिएर अष्ट्रेलिया लगेको आरोप उनले लगाएका छन् ।

राजदूतमाथि गम्भीर आरोप लागेकाले सत्य–तथ्य खोजी भइरहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । मन्त्री ज्ञवालीले अध्ययन गरेर यथार्थ बाहिर ल्याउने र आरोप पुष्टि भए आवश्यक कारबाही गर्ने बताएका छन् ।

यसबारेमा प्रमुख प्रतिपक्षी दलले सरकारसँग जवाफ मागेको छ। कांग्रेसले बुधबार विज्ञप्ति नै जारी गरेर राजदूत शेर्पाको सम्बन्धमा प्रकाशित समाचारबारे सरकारको धारणा माग गरेको हो । राजदूतकै सहयोगीले यस्ता तथ्य सार्वजनिक गर्दा पनि सरकारले अनुसन्धान नथाल्नु दुःखद् भएको कांग्रेसले जनाएको छ ।

राजदूत शेर्पामाथि छानबिनको प्रक्रियाबारे परराष्ट्र मन्त्रालयका अधिकारीले केही जानकारी दिएका छैनन् । शेर्पा तत्कालीन माओवादीको सिफारिसमा राजदूत बनेकी हुन् । उनले सीधै सचिवलाई रिपोर्टिङ गर्छिन् । त्यसैले सचिव नै यसबारे जानकार हुन्छन् । तर सचिव शंकरदास बैरागीले यसबारे बोल्न चाहेनन् ।

छानबिनमा अस्ट्रेलिया हेर्ने महाशाखा संलग्न छैन । त्यसकारण अनुसन्धान प्रक्रियामाथि नै प्रश्न उठ्न सक्ने पनि आश.का पनि बढेको छ । मन्त्रालयका प्रवक्ता भरतराज पौड्याल विदेश भ्रमणमा छन् ।

राजदूत शेर्पाले चाहिँ आफू बेकसुर भएको दाबी गरेकी छन् । सरकारले पहिले पनि यस्ता विवादमा परेका राजदूतलाई छानबिनपछि फिर्ता बोलाएको घटना छन् । यसअघि कतारबाट मायाकुमारी शर्मा र साउदी अरबबाट हमिद अन्सारीलाई सरकारले आर्थिक हिनामिना र आचरणको विषयलाई लिएर फिर्ता बोलाएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...