कञ्चनपुरमै कृष्णपुर बन्यो अपाङ्गता परिचय पत्र वितरण गर्ने पहिलो नगरपालिका

Apanga parichay patra bitaran

महेन्द्रनगर । स्थानीय तहमा अपाङ्गता भएका व्यक्तिलाई परिचय वितरण सुरु गरिएको छ । कञ्चनपुरमा कृष्णपुर नगरपालिकाबाट अपाङ्गता परिचय पत्र वितरण सुरु गरिएको छ ।

२७ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको कृष्णपुरमा अपाङ्गता परिचय पत्र वितरण सुरु गरिएको हो । कृष्णपुरमा ९ वडा छन् । कञ्चनपुरका ९ स्थानी तहमा कृष्णपुर अपाङ्गता परिचय वितरणमा पहिलो भएको छ ।

नयाँ संरचना अनुसार स्थानीय तहले कार्य विधि बनाएर अपाङ्गता परिचय पत्र वितरण सुरु गरेका हुन् । यस अघि महिला तथा बालबालिका कार्यालयबाट अपाङ्गता परिचय पत्र वितरण हुँदै आएको थियो ।

कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्णबहादुर हमालले वडा नं ५ का कनहियालाल रानालाई अपाङ्गता परिचय पत्र वितरण गरी सुरुवात गरे । शारीरिक रुपमा अशक्त राना टोलका रानालाई ‘ख’ वर्गको परिचय पत्र दिइएको छ ।

नयाँ संरचना अनुसार महिला तथा बालबालिका कार्यालय स्थानीय तहमा आएपछि पहिलो पटक अपाङ्गता परिचय पत्र वितरण गरिएको हो । नगर प्रमुख हमालले नगर क्षेत्रभित्रका सबैलाई परिचय पत्र वितरण गर्ने बताए । नगरपालिकाले अपाङ्गता परिचय पत्र वितरण कार्य विधि बनाएर परिचय पत्र वितरण सुरु गरिएको नगर प्रमुख हमालले बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ रिजालले परिचय पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...