बढ्यो गोरु तस्करी, रोक्न ताते स्थानीय

Goru taskari

देउखुरी । लामो समयदेखि रौतहटबाट तेस्रो मुलुकसम्म चल्दै आएको गाई र गोरुको तस्करी नियन्त्रण हुन सकेको छैन । पछिल्लो समय अवैध तरिकाले गोरु तस्करी गरेर देशबाहिर लैजाने क्रम बढेको पाइएको छ । अहिले दाङबाट पूर्वी नेपालको बाटो हुँदै बंगलादेश लैजान थालिएको पाइएको छ ।

गाउँबाट गोरु खरिद गर्ने, एक ठाउँमा जम्मा पार्ने र ट्रकमा लोड गरेर अन्यत्र लैजाने क्रम बढेको पाइएको हो । खेत जोत्न खरिदबिक्री गर्ने कागज बनाएर मासुका लागि तेस्रो मुलुकमा गोरु पु¥याउने गरिएको छ ।

रातिको समयमा ट्रकमा लोड गरेर जिल्ला कटाइने गरेको पाइन्छ । पूर्वी नेपाल हुँदै गोरु तेस्रो मुलकतिर लगिन्छ । पछिल्लो केही समययता भारतबाट नेपालतिर गोरु तस्करी बढ्न थालेको छ ।

नेपालमा कृषि प्रयोजनका लागि भारतबाट गोरु ल्याउन छुट छ । तर, भन्सार भने तिर्नुपर्छ । तै पनि भन्सार नै छलेर धमाधम भारतबाट गोरुहरु नेपाल भित्रिइरहेका छन् । कृषि प्रयोजनका लागि नेपाल भित्रिएको दाबी गरिए पनि गोरुहरु नेपाल हुँदै तेस्रो मुलुकसम्म निकासी हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

नेपाल र भारतमा कानुनले नै गोबध निषेध गरेको छ । त्यसैले पनि गाइगोरु तेस्रो मुलुक लैजान भारतीय तस्करले नेपालको बाटो प्रयोग गर्न थालेका छन् । केही समयदेखि भन्सार कडा हुन थालेपछि भने तस्करहरुले थोरै थोरै मात्रामा हिँडाउँदै ल्याएर नेपालकै एक ठाउँमा जम्मा गरेर पूर्वतिर लैजाने गरेका छन् ।

भारतमा एक प्रान्तबाट अर्को प्रान्तमा गोरु ओसारपसार गर्न नपाइने कानुनी व्यवस्था छ । त्यसैले कारणले पेसेवर व्यापारीहरूले नेपाली भूमि प्रयोग गरी भारतको पश्चिम बंगाल लाने गरेका छन् । पश्चिम बंगाल पुर्‍याइएका गाई, गोरु भुटान पनि निर्यात हुने गरेको छ ।

देउखुरीको राजपुर गाउँपालिका त्यहाँका स्थानीयहरुले ७ वटा मोटरसाईकलहरुमा आगजानी गरिदिएपछि त्यस्तो रहस्य खुलेको हो । पछिल्लो समय दाङको देउखुरीमा अप्रत्याशित रुपले गोरुको कारोबार बढेको त्यसले पनि पुष्टि गर्छ ।

यसरी जल्यो मोटरसाइकल
राजपुर गाउँपालिका वडा नं. ३ बसन्तपुरका स्थानीयहरुले आइतबार केही अपरिचित युवकहरुले गोरु डो¥याएर लैजादै गरेको देखेपछि सोधखोज गरे । स्पष्ट नभएपछि स्थानीयले गोरु लैजान नदिने बताए । त्यसपछि ती अपरिचित युवाहरु र स्थानीयबीच विवाद बढ्यो ।

स्थानीय रामकुबेर यादवलका अनुसार त्यसपछि बेला चौकीबाट तिन जना प्रहरीहरु घटनाबारे अनुसनधान गर्न बसन्तपुरमा आए । त्यहीबेला एकाएक नौ वटा मोटरसाइकलमा २७ जना जंग्रहवाबाट घरेलु हतियार बोकेर आए । त्यसपछि दोहोरो झडप नै भयो । उनीहरु स्थानीय र प्रहरीमाथि जाई लागे ।

अपरिचित व्यक्तिले स्थानीय र प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि स्थानीयबासी जुटे । त्यसपछि उनीहरु भागे । उनीहरुले भाग्ने क्रममा दुलैयाको खरकट्टीमा मोटरसाईकल छाडे । उनीहरु राप्ती नदी तरेर भागेपछि स्थानीय मिलेर राजपुर गाउँपालिका –४ दुलैयाको खरकट्टीमा ६ वटा र वडा नं. ३ बसन्तपुरमा १ वटा गरी ७ वटा मोटरसाइकल जलाई दिए ।

राजपुर गाउँपालिका–४ बसन्तपुरमा गोरु ओसारपसारमा संलग्न व्यक्ति र स्थानीयबीच विवाद भएको हो । गोरु ओसारपसारमा संलग्न व्यक्तिले लमहीमा रहेका गोरु कारोबारका प्रमुखलाई विवादबारे जानकारी गराएका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डे बताउँछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...