एसिया प्यासिफिकको विरोध गर्दा पक्राउ परे राष्ट्रवादीका नेता कार्यकर्ता

Rpp rastrabadi neta pakrau

काठमाडौं । काठमाडौंमा जारी एसिया प्यासिफिक सम्मेलनको विरोधमा धर्ना दिँदा एराप्रपा राष्ट्रवादीका सहायक महामन्त्रीसहित ३० कार्यकर्ता पक्राउ गरेका छन् ।

सो सम्मेलनमा ४५ राष्ट्रका झण्डै १५ सय पाहुना नेपाल आएका छन् । तर, सो सम्मेलन क्रिश्चियन प्रचारका लागि गरिएको भन्दै विरोध हुँदै आएको छ । त्यसको विरोधमा एराप्रपा राष्ट्रवादी निकट राष्ट्रिय युवा शक्ति र राष्ट्रवादी विद्यार्थी संघले राजधानीको चावहिलमा दिउँसो ३ बजे धर्ना दिएको थियो ।

तर, धर्ना सुरु भएको केही बेरमा प्रहरीले हस्तक्षेप गरी पार्टीका सहायक महामन्त्री मिना शाही, एराप्रपा काठमाडौं सचिव अंगुर पन्त, युवाका अध्यक्ष राजु लोहनी, विद्यार्थीका अध्यक्ष रविन थापासहित झण्डै ३० जनालाई गिरफ्तार गरेको छ ।

पार्टीका सहायक प्रवक्ता जनकराज पाठकका अनुसार उनीहरुलाई भृकुटीमण्डपमा राखिएको छ ।

प्रतिकृया दिनुहोस