आयो १३ जना दलित हस्तीको जीवनी

Dalit pustak bimochan

काठमाडौं । दलित आन्दोलनमा लागेका १३ जना नेताहरुको जीवनगाथा समेटिएको पुस्तक ‘दलित नेतृत्वः सङ्घर्ष र सफलता’ सार्वजनिक गरिएको छ ।

परशुराम रम्तेल र गणेश विकेले लेखेको सो पुस्तकमा १३ दलित आन्दोलनका अगुवा तथा नेताको जीवन संघर्षका कथा प्रस्तुत गरिएको छ ।

पुस्तकमा उमादेवी वादी, कलावती पासवान, खड्कबहादुर बस्याल, छविलाल विश्वकर्मा, टेकु नेपाली, तिलक परियार, पद्यलाल विश्वकर्मा, मिठाइदेवी विश्वकर्मा, मानबहादुर विश्वकर्मा, रामप्रित पासवान, विश्वभक्त दुलाल, सन्तबहादुर नेपाली र सन्तोषी विश्वकर्माको संघर्ष, नेतृत्व र व्यक्तित्व समेटिएको छ ।

दलित महिला केन्द्र नेपालले प्रकाशन गरेको सो पुस्तकको सम्पादन राजेन्द्र महर्जनले गरेका छन् । सो पुस्तकको सभामुख कृष्णबहादुर महराले विमोचन गरे ।

पुस्तक विमोचन गर्दै सभामुख महराले पुस्तक दलित आन्दोलनको एउटा हिस्सा भएको बताए । उनले यो पुस्तकलाई सामाजिक हिंसा विरुद्धको अभियानको संज्ञा दिए ।

पुस्तक विमोचन कार्यक्रममा दलित आन्दोलनकी अगुवा मिठाइदेवी विश्वकर्मा, मानबहादुर विक्वकर्मा, तिलक परियार, पद्मलाल विश्वकर्मा, राजेन्द महर्जन, गणेश विक देउल्याल, टेकु नेपाली लगायतले दलित आन्दोलनमा अग्रजहरुले दिएको योगदानको चर्चा गरेका थिए ।

सो कार्यक्रम दलित महिला केन्द्रकी अध्यक्ष गौरा नेपालीको सभापतित्वमा भएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...