डलरसहित दुई जना पक्राउ

Pagal haru

रसुवा । अमेरिकी डलरसहित दुई जना पक्राउ परेका छन् ।

काठमाडौंबाट रसुवागढी जाँदै गरेको बा१ य१४४६ न.को स्कार्पियो चेकको क्रममा उनीहरू २८ हजार ६ सय डलरसहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा चितवन जिल्लाको रत्ननगर नगरपालिका-७, टाँडीका ५३ वर्षीय श्रीराम चौधरी र रौतहट जिल्लाको गुजरा नगरपालिका-९, सिम्म्रा भवानीपुरका ३२ वर्षीय विकासप्रसाद चौधरी रहेका छन् ।

उनीहरुलाई गोसाइँकुण्ड गाउँपालिका-६, त्रिशुली खोलाबाट शनिबार बिहान पौने ९ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई राजश्व अनुसन्धानमा बुझाइने प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...