आफ्नै भाईले लठ्ठी प्रहार गरी गरे दिदी हत्या

Kutpit 5qynsrvlbr

भोजपुर । रामप्रसाद राई गाउँपालिका वडा नम्बर-७ वासीखोरामा भाईले दिदीको हत्या गरेका छन् । भाई सुमन राईले दिदी सरिताको हत्या गरेका हुन् ।

घरमा सरिता र सुमन मात्र बस्दै आएका थिए । दुबै जना अविवाहित हुन् । ३४ वर्षीय सुमनले ४७ वर्षीया सरिताको कात्तिक २३ गते हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सरिताको शव टाउकोमा चोट लागेको अवस्थामा भेटिएको थियो ।

घटना लगत्तै सुमनलाई प्रहरीले पक्राउ गरेको छ । उनले दिदीलाई कुखराको खोरको ढोका लगाउन प्रयोग गरिएको काठले टाउका हिर्काएको बयान दिएको प्रहरीले उल्लेख गरेको छ ।

टीकाको दिन गाउँको अन्य चेलीसंग टिका लगाएर साँझ घर आउँदा दिदीले ढिला आएको भनेर गाली गरेपछि आफूले हिर्काएको सुमनको बयान छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...