आजको तापक्रम यो वर्षकै कम, झर्‍यो ६ दशमलव २ डिग्री सेल्सियसमा

Tapkram

काठमाडौं । अन्य दिनको तुलनामा शनिबार काठमाडौंमा निक्कै चिसो बढेको छ ।  शनिबार बिहान काठमाडौंको तापक्रम यो वर्षकै कम मापन गरिएको छ ।

आज बिहान काठमाडौंको तापक्रम ६ दशमलव २ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसअघि गएको कात्तिक २० देखि काठमाडौंको तापक्रम ६ दशमलब ५ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसयता बढेको तापक्रम फेरि घटेर आज यो वर्षकै कम ६ दशमलब २ डिग्री सेल्सियसमा झरेको हो ।

मौसमविदहरुले यो वर्ष उपत्यकामा निक्कै जाडो बढ्ने अनुमान पनि गरेका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...